महिनावारी स्वच्छता दिवसको २०२४ क्रिकेट प्रतियोगिता सम्पन्न

काठमाडौं । महिनावारी स्वच्छता दिवसको २०२४ को अवसरमा अन्तर पालिका महिनावारी स्वच्छता व्यवस्थापन संजालका किशोरीहरु बिचको मैत्रीपूर्ण क्रिकेट खेलमा राजगढ गाउँपालिका विजयी भएको छ।

महिनावारीमैत्री विश्वव्यापी हातेमालो भन्ने नाराका साथ वेल्थ हंगर हिल्फेको आर्थिक सहयोगमा महुली समदायिक विकास केन्द्रको आयोजनामा जारी प्रतियोगितामा डाक्नेश्वरी नगरपालिकालाई राजगढ गाँउपालीकाले पराजित गरेको हो ।

विष्णुपुर गाउँपालिकामा रहेको श्री कन्त चन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा राजगढ गाउँपालिका र डाक्नेश्वरी नगरपालिका बीच भएको खेलमा राजगढ गाउँपालिकाले डाक्नेश्वरी नगरपालिका लाई पराजित गर्दै जित हासिल गरेको हो।

महिनावारी भएको समयमा पनि महिलाले आफ्नो कुनै काम नरोकी हरेक क्षेत्रमा जस्तै खेल जगतमा समेत उत्कृस्ट प्रदर्सन गर्न सकछन भन्ने कुराको प्रमाण यस क्रिकेट प्रतियोगिताले आम समुदायलाई दिएको भन्ने कुरा डाक्नेश्वरी नगरपालिका नगर उप प्रमुख मीरा कुमारी यादव बताउनु भयो।

ग्रामिण भेगका किशोरीहरूमा महिनावारी स्वच्छता सम्बन्धी जनचेतनाको अभाव भएकोले यसबारे विभिन्न संदेश मुलक सामाग्रीहरु प्रदर्शन समेत गरि दिवस मनाईएको भन्ने बारे महुली समदायिक विकास केन्द्रका अध्यक्ष श्याम कान्त चौधरीले जानकारी दिनुभयो।

 





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]