यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको छ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कप्तान पूजा महताले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अस्ट्रेलियाका लागि लिली बासिङथ्वाइट, जुलिएट मोर्टन र हसरत गिलले समान दुई र क्लो एन्वर्थले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको थियो।

हारसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको छ। यसअघि नेपाल बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ।

यता, लागतार तेस्रो जितसँगै अस्ट्रेलिया समूह ‘डी’ को विजेताका रूपमा सुपर सिक्स प्रवेश गरेको छ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]