कैलाली यू-१६ क्रिकेट : भट्टको अलराउन्ड प्रदर्शनमा लिटिल फ्लावरलाई उपाधी

धनगढी । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा यही वैशाख ३० गतेदेखि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको कैलाली यू-१६ जिल्लास्तरिय टी-२० स्कुल क्रिकेट च्याम्पियनसिप-२०८१ अन्तर्गत आज भएको फाइनल खेलमा लिटिल फ्लावर स्कुलले ऐश्वर्य विद्या निकेतनलाई ७० रनले पराजित गर्दै प्रतियोगिताको उपाधी पनि जित्न सफल भयो।

आज भएको फाइनल खेलमा ऐश्वर्य विद्या निकेतनले टस जितेर फिल्डिङ्ग गर्ने निर्णय लिदै लिटिल फ्लावर स्कुललाई पहिला ब्याटिङको निम्तो दिएको हो।फलस्वरूप लिटिल फ्लावर स्कुलले निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षति १३४ रन जोड्न सक्यो।ब्याटिङतर्फ लिटिल फ्लावर स्कुलका लागि सचिन भट्टले ३९ बल खेल्दै सर्वाधिक ५८ अविजित रन बनाउदा आरेस बोहराले ८ बल खेल्दा विक्की सिंहले ९ बल खेल्दै समान १२ रन बनाउन सफल हुँदा अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्।

बलिङतर्फ ऐश्वर्य विद्या निकेतनका लागि अविरल विकले २ ओभरमा ५ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा अशुशेख कुँवरले ४ ओभरमा २६ रन खर्चँदा आयुश सिंहले ४ ओभरमा १५ रन खर्चंदै समान २/२ विकेट लिन सफल भए।

१३५ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै ऐश्वर्य विद्या निकेतनले निर्धारित २० ओभरको खेलमा १८.४ ओभर खेल्दै मात्र ५८ रन जोड्न सक्दा खेल ७० रनले गुमाउनपुग्यो।ब्याटिङतर्फ अशुशेख कुँवरले ३१ बल खेल्दै सर्वाधिक १७ रन बनाउदा अविरल विकले पनि १६ बल खेल्दै १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्। बलिङतर्फ लिटिल फ्लावर स्कुलका लागि दिनेशसिंह महरा,सचिन भट्ट र विक्की सिंहले समान २/२ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ प्रतियोगिताको उपाधी जिताउन पनि सफल भए।

कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप-२०८१ को फाइनल खेल लिटिल फ्लावर स्कुलले ७० रनले जित्न सफल हुँदै प्रतियोगिताको उपाधी जित्न पनि सफल भयो।उक्त खेलमा अलराउन्ड प्रदर्शन गरेका लिटिल फ्लावर स्कुलका खेलाडी सचिन भट्ट प्लेयर अफ दी फाइनल घोषित हुँदै आकर्षक गिफ्ट प्राप्त गर्न सफल भए।

कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप-२०८१ को समारोहको अध्यक्षता कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्टले गर्नुभएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्यसचिव दिपकबहादुर सिंह रहनुभएको हो भने विशिष्ट अतिथीहरुमा सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेशबहादुर सिंह,सदस्य बाबुराजा श्रेष्ठ,अर्का सदस्य रमेशबहादुर चन्द,डोटि जिल्ला खेलकुद समितीका अध्यक्ष प्रकाश शाही,लिटिल फ्लावर स्कुलका प्रधानाध्यापक रामचन्द्र शाही रहनुभएको कार्यक्रममा प्रतियोगितामा प्रायोजन गर्नुहुने सम्पुर्ण संस्थाका प्रतिनिधि तथा कैलाली जिल्लाका कार्यसमिति सदस्यहरु अतिथिको रूपमा रहदै कार्यक्रमको भव्य समापन गरिएको हो।

पुरस्कर वितरण

प्लेयर अफ दी फाइनल – सचिन भट्ट (लिटिल फ्लावर स्कुल)
उत्कृष्ट ब्याटर – शंकर बोहरा (वेस्टर्न कृश्टल एकेडेमी)
उत्कृष्ट बलर – सुवोध तिवारी (लिटिल फ्लावर स्कुल)
उत्कृष्ट खेलाडी निश्चल क्षेत्री (मणिलेक स्कुल)
प्रथम पुरस्कर नगद ५० हजारसहित ट्रफी,मेडल तथा प्रमाणपत्र
द्वितीय पुरस्कर नगद २५ हजारसहित ट्रफी,मेडल तथा प्रमाणपत्र





थप समाचार

एनपीएल : कर्णाली याक्सको लगातार तेश्रो जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा […]

रोहितको शानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनसँगै सँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पाँचौँ खेलमा […]

सुदूरपश्चिमको विजयी यात्रा समाप्त, चितवनको तेश्रो जित

बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान […]

एनपीएल : जनकपुर लगातार ४ खेल जित्दा लुम्बिनीको चौंथो हार

रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित […]

एनपीएल : रोमाञ्चक खेलमा कर्णालीद्वारा बिराटनगर पराजित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलमा कर्णालीले […]

एनपीएलमा सुदूरपश्चिम रोयल्सको तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार तेस्रो हार बेहोरेको छ । सुरुआती दुई खेल गुमाएको लुम्बिनी तेस्रो खेलमा […]