रुबिनाको शतकमा नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं । पूर्व कप्तान रुबिना क्षेत्रीको सानदार शतकको सहयोगमा मलेसियामा जारी एसीसी वुमेन्स प्रिमियर कपमा समूह डी को विजेता बन्दै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेपालले माल्दिभ्सलाई २ सय १४ रनले पराजित गर्यो ।

पहिलो ईनिङमा ऐतिहासिक शतकको प्रहार गरेकी रुबिनाले दोस्रो ईनिङमा ३ दशमलब ५ ओभरमा २ रन खर्चिए। ३ विकेट लिईन् ।

नेपालले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ दशमलब ५ ओभरमा १३ रन बनाउँदै अल आउट भयो ।

माल्दिभ्सका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । माल्दिभ्सका ६ खेलाडीले रनको खाता खोल्न सकेनन् ।

नेपालका लागि अस्मिना कर्माचार्यले चार तथा पुजा महतो र रुबिनाले समान तीन तीन विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनायो ।

रुबिनाले ५९ बलमा अविजित १ सय १८ रन बनाईन् । रुबिनाले ५४ बलमा १० चौका र ३ छक्काको सहयोगमा नेपाली टिमका लागि पहिलो शतक पूरा गरिन् । यस अघि सीता रानामगरले ८२ रनको अविजित ईनिङ नै नेपालका लागि बनेको सर्वाधिक रन थियो ।

पूजा महतोले ३६ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेलिन् । पाँचौ विकेटका लागि रुविना र पूजाको बीचमा १ सय ६६ रनको साझदारी भएको थियो ।

यो नै नेपालले बनाएको सर्वाधिक टिमको सर्वाधिक स्कोर समेत रहेको छ । यस अघि २०२१ मा कतारविरुद्ध १ सय ६४ रन बनाएको थियो ।

माल्दिभ्सका लागि शम्मा अलीले तीन तथा नाबा नसिमले एक विकेट हात पारे ।

नेपालले लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । आजको खेलमा माल्दिभ्सलाई पराजित गरेसँगै नेपाल आफ्नो समूहको विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह विजेता बनेसँगै नेपालले क्वाटरफाइनलमा समूह ए को उपविजेता कुवेतसँग बुधबार खेल्ने छ । नेपालले यसअघि पहिलो खेलमा हङकङलाई तथा दोस्रो खेलमा भुटानमाथि समान आठ आठ विकेटको जित हासिल गरेको थियो ।

हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् ।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]