रोहित पौडेलले टि-२० मा एमसीसी बिरुद्ध कप्तानी गर्ने

नेपाल भ्रमणमा रहेको बेलायतको मेरीलेबोन क्रिकेट क्लबले काठमाडौँमा अन्तिम खेल शनिवार खेल्दैछ। खेल ११ बजे सुरु हुनेछ।

नेपालको सिनियर र अन्डर-१९ राष्ट्रिय खेलाडीहरु मिश्रित टिम बिरुद्ध खेलिने टि-२० मा रोहित पौडेलले नेपालको कप्तानी गर्ने भएका छन्।

राष्ट्रिय टिमका प्रशिक्षक उमेश पटवालले एमसीसीसंग आज तिन दिवसीय खेल पछि रोहित पौडेलले कप्तानी गर्ने बताएका हुन्। रोहितले यस अघि नेपाली अन्डर-१९ टिमको कप्तानी सम्हालीसकेका छन्।

एमसीसी बिरुद्ध मिश्रित टिममा को-को खेलाडी हुने छन् अहिलेसम्म तय भएको छैन। ५० ओभर र तिन दिवसीय खेल लगातार खेलेको हुँदा अधिकांश खेलाडीहरुले भोलि आराम गर्नेछन्। एमसीसीसंग यस अघि ५० ओभर र तिन दिवसीय टिममा मौका नपाएका खेलाडीहरु अमित श्रेष्ठ, नन्दन यादब, सुशन भारि, कुशल भुर्तेलजस्ता खेलाडीहरुले मौका पाउने सम्भावना रहेको छ। आसिफ शेख, भिम शार्की, सन्दिप जोरा, अविनाश बोहरा, जितेन्द्र मुखिया, बिक्रम सोब, कुशल मल्ल, राशिद खान जस्ता खेलाडीहरुले मौका पाउन सक्छन।

अमित श्रेष्ठ टि-२० टिममा रहेका छन्

एमसीसीले नेपाल भ्रमण अन्तर्गत ३ वटा खेल खेलीसकेको छ। नेपाली यु-१९ टिमसंग खेलिएको पहिलो खेलमा एमसीसी ३८ रनले विजयी भएको थियो। दोश्रो खेलमा नेपाली राष्ट्रिय टिमले एमसीसीलाई ५ विकेटले पराजित गरेको थियो। आज सम्पन्न तिन दिवसीय खेलमा एमसीसी २०८ रनले विजयी भयो।

शनिवार टि-२० खेलेपछि आइतबार एमसीसी पोखरा प्रस्थान गर्नेछ। पोखरामा एमसीसीले कार्तिक ११ र १२ गते मुख्यमन्त्रि-११ र कास्की-११ टिमसंग दुइवटा टि-२० खेल्ने तालिका रहेको छ।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]