रोहित र दीपेन्द्रको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहित पौडेल र अलराउण्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बाबजुद नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल २ रनले पराजित भयो ।

नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३६ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५० रन बनाए । करियरको छैटौं अर्धशतक पौडेलले ३५ बलमा पूरा गरेका थिए । अर्धशतक पूरा गरे लगत्तै पौडेल सिब्रान्ड इंगेलब्रेक्टले बलमा आउट भए । दोस्रो विकेटका लागि पौडेल र ओपनर आशिफ शेखबीच ६५ रनको साझेदारी भएको थियो । शेख २३ बलमा ३४ रन बनाउँदै आउट भए ।

दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । करियरको आठौं अर्धशतक ऐरीले २८ बलमा पूरा गरे । करण केसी ७ बलमा ११ रनमा बनाए ।

कुशल मल्लले ११ बलमा ११ रन बनाए । ओपनर माईकल लेभेन्टको अर्धशतकको सहयोगमा नेदरल्यान्ड्सले जितका लागि नेपाललाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लिभेन्टले ३६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । यसै खेलमा टीट्वान्टी आईमा डेब्यु गरेका उनले ३१ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । डेब्यु खेलमा नै अर्धशतक बनाएका लिभेन्ट नवौं ओभरको पाँचौ बलमा कुशल मल्लको बलमा आउट भए ।

सिब्रान्ड इंगेलब्रेक्टले बलमा रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । ३८ बलको सामना गरेका उनी अविजित रहे । कप्तान स्कट एडवार्डले १३ औं ओभरको अन्तिम बलमा आउट हुनु अघि ३३ रन बनाए । १६ बलको सामना गरेका उनले ५ चौका प्रहार गरेका थिए । तेजा निदामानुरुले २४ बलमा ३ चौकाको सहयोगमा ३१ रन बनाए ।

नेपालका लागि करण केसी र कुशल मल्लले समान १ विकेट लिए ।

नेपालले जुनमा हुने टी-ट्वान्टी विश्वकपको तयारीको सुरुआतको रुपमा यो सिरिजलाई लिएको छ । नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् ।

हारसँगै नेपालले फाइनल सम्भावना कठिन बनेको छ ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]