लिभेन्टको शतकमा नेदरल्यान्ड्सको सहज जित

काठमाडौं । ओपनर माईकल लिभेन्टको शतकमा नेदरल्यान्ड्सले नामिबियालाई सहज रुपले पराजित गरेको छ  ।

टियु मैदानमा भएको  खेलमा नामिबिया ५९ रनले पराजित भयो ।

नेदरल्यान्ड्सले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन मात्र बनायो ।

नामिबियाका लागि जान फ्रायलिंक र जानी ग्रीनले समान ४२ तथा जेपी कोट्जेले २६ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि ओपनर माईकल लिभेन्टले ६२ बलमा ११ चौका र १० छक्काको सहयोगमा १ सय ३५ रनको शतकीय ईनिङ खेले । करियरको दोस्रो टी-ट्वान्टी आईमा उनले ४९ बलमा शतक पूरा गरे । शतक बनाएका लिभेन्ट १८ औं ओभरको दास्रो बलमा लफ्टि इटनबाट क्याच आउट भए ।

दोस्रो विकेटका लागि लिभेन्ट र साईब्रान्ड एन्गलब्रेटले ८७ बलमा १ सय ९३ रनको साझेदारी गरे । साईब्रान्डले ४० बलमा ७ चौका र ५ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । तेजा निदामानिरु ३ बलमा १८ रन बनाए ।

नामिबियाका लागि रुवेन ट्रम्पलम्यानले २ तथा बेन सिकान्गो र जाय फ्रयलिंकले समान १ विकेट लिए ।

लगातार दुई जीतका साथ नेदरल्यान्ड्सले फाइनल सम्भावना बलियो बनाएको छ ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]