विश्वकपका लागि पीएनजी र आयरल्यान्डको टोली घोषणा

२०८१ बैशाख २६, बुधबार १९:४६

काठमाडौं । २ जुनबाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपका लागि आयरल्यान्ड र पपुवा न्युगिनी (पीएनजी) को टोली घोषणा भएको छ ।

मंगलबार पाउड स्ट्रलिगंको कप्तानीमा आयरल्यान्ड तथा बुधबार असद भालाको कप्तानीमा पीएनजीको टोली घोषणा भएको हो ।

आयरल्यान्ड समूह ए मा भारत, पाकिस्तान, क्यानडा र अमेरिकासँगै एकै समूहमा रहेको छ । ५ जुनमा भारतसँग खेल्दै आयरल्यान्डले विश्वकपको सुरुआत गर्नेछ ।

पीएनजी यस टी-२० विश्वकपको समूह सी मा रहेको छ । यस समूहमा पीएनजीका अलावा अफगानिस्तान, न्युजिल्यान्ड, युगान्डा र वेस्ट इन्डिज छन् ।

२ जुनमा वेस्ट इन्डिजसँग खेल्दै पीएनजीले विश्वकपको सुरुआत गर्ने छ ।

पीएनजीको टोली

असद भाला (कप्तान), चार्ल्स अमिनी, अलेई नाओ, चाड सोपर, हिला वारे, हिरी हिरी, ज्याक गार्डनर, जोन कारिको, काबुआ मोरिया, किपलिंग डोरिगा, लेगा सियाका, नोर्मन भानुआ, सेमा कामिया, सेसे बाउ, टोनी उरा

आयरल्यान्डको टोली

पाउन्ड स्टर्लिंग (कप्तान), मार्क एडेयर, रोस एडेयर, एंड्रयू बालबर्नी, कर्टिस कैम्फर, ग्यारेथ डेलानी, जॉर्ज डकरल, ग्राहम ह्यूम, जोश लिटिल, बैरी मैकार्थी, नील रॉक, हैरी टेक्टर, लोर्कन टकर, बेन व्हाइट, क्रेग यंग।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy