वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल आज हुदैछ ।

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा मध्यान्ह सवा १२ मा सुरु हुदैछ । पहिलो टी-२० मा ४ विकेटको जित निकालेको नेपालले दोस्रो खेल १० रनले गुमाएको थियो । तेस्रो खेल ७६ रनले गुमाएको नेपाल यो खेल जितेर सिरिजमा २-२ को बराबरी गर्न चाहन्छ । उता, वेस्ट इन्डिज भने यस खेल जित्दै एक खेल अगावै सिरिज जित्ने लक्ष्यमा छ ।

वेस्ट इन्डिजको कुनै पनि टोली पहिलो पटक नेपाल भ्रमणमा छ । नेपालले जिम्बावेमा गत वर्ष वेस्ट इन्डिजको सिनियर टोलीसँग एकदिवसीय विश्वकप छनोट खेले तापनि टी-२० मा वेस्ट इन्डिजको कुनै पनि टोलीसँग पहिलो पटक खेल्दैछ ।

वेस्ट इन्डिजको ए टोलीमा सिनियर टोलीको प्रतिनिधित्व गरिसकेका १२ खेलाडी रहेका कारण टोली बलियो रहेको छ ।

सिरिजको पाँचौ तथा अन्तिम खेल बैशाख २२ मा हुनेछ । पाँचै खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुनेछ । नेपाली टोलीले टी-२० विश्वकपको तयारीका लागि यो सिरिज खेल्दै छ ।

नेपाली टोली : रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, आकाश चन्द, आरिफ शेख, लोकेश बम, विनोद भन्डारी, सागर ढकाल र कमलसिंह ऐरी ।

वेस्ट इन्डिज ए टोली : रोस्टन चेस (कप्तान), एलिक एथानाजे, फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।

 





थप समाचार

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]