सिरिज जित्न नेपालद्वारा क्यानडालाई १८२ रनको लक्ष्य

काठमाडौं । क्यानडा-११ विरुद्ध सिरिज जित्नका लागि नेपालले १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा जारी सिरिजको तेस्रो तथा निर्णायक खेलमा टस हारेर ब्याटिङ गरेको नेपाल ४७ ओभरको अन्तिम बलमा १ सय ८१ रन बनाउँदै अल आउट भयो ।

नेपालका लागि ओपनर आशुतोष घिरैयाले ४८ बलमा २८ रन बनाए । ५ चौका प्रहार गरेका आशुतोष क्यानडाका कप्तान साद वीन जाफरको बलमा आउट भए । अर्का ओपनर अर्जुन कुमालले ५३ बलमा २ चौकाको सहयोगमा २७ रन बनाए । अर्जुन २१ औं ओभरको दोस्रो बलमा डिलोन हेलिङ्गरको बलमा आउट भए ।

बसिर अहमद ४० बलमा २५ रन बनाउँदै रन आउट भए । कप्तान सन्दीप जोराले २८ बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए । हेलिङ्गरको बलमा २३ औं ओभरको दोस्रो बलमा आउट भए ।

राशिद खानले २५ बलमा १९ रन बनाए । प्रतिश जिशीले २० बलमा १९ रन बनाए । क्यानडाका लागि हर्ष थाकर, डेलिन हेलिङ्गर र निकोलस किर्टनले समान २/२ तथा कप्तान साद वीन जाफर र कलिम सानले समान १/१ विकेट लिए ।

नेपाल ए का लागि अघिल्लो खेलमा कप्तानको जिम्मेवारीमा रहेका सन्दीप जोरा कप्तानमा निरन्तर रहेका छन् । नेपाल ए को प्लेईङ-११ मा चार परिवर्तन भएको थियो । तीन खेलको एकदिवसीय सिरिज १-१ को बराबरीमा रहेको छ । पहिलो खेलमा क्यानडा(११ विजयी हुँदा दोस्रो खेल नेपाल ए ले जितेको थियो । आजको खेलमा विजयी टिमले सिरिजमा जित हात पार्ने हुँदा दुवै टोलीका लागि यो खेल महत्वपुर्ण छ ।

नेपाल ए का लागि दोस्रो एकदिवसीय खेलमा खेलेका किरण ठगुन्ना, मयन यादव, विवेक यादव, रिजन ढकाल बाहिरिएका छन् । प्रशित जिशी, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया टोलीमा मौका पाएका छन् ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]