स्कटल्यान्डका जर्ज मन्से विराटनगर किङ्समा आबद्ध

स्कटल्यान्डका ओपनिङ ब्याटर जर्ज मन्से आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।
विराटनगर किङ्सले शनिबार मन्सेलाई आधिकारिक रूपमा अनुबन्ध गरेको जनाएको छ।

३२ वर्षीय बाँयाहाते ब्याटर मन्से आक्रामक खेल शैलीका लागि चिनिन्छन्।
उनी स्कटल्यान्डका लागि ८१ टी-२० अन्तर्राष्ट्रिय खेल खेली २ शतक र १३ अर्धशतकसहित २३०२ रन बनाइसकेका छन्।

समग्र टी-२० करियरमा उनले १०२ खेलमा २६४८ रन जोडेका छन्।
मन्सेले यसअघि दुबई क्यापिटल्स, कराची किङ्स, चेन्नई ब्रेभ्स, ब्राम्पटन वुल्भ्स र सिल्हेट स्ट्राइकर्स जस्ता फ्रेन्चाइज टिमबाट पनि खेलिसकेका छन्।

उनको आगमनले विराटनगर किङ्सको शीर्षक्रमलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy