“१०० पुर्याएर अझै आक्रामक खेल्न चाहन्थेँ, किनभने अघिल्ला खेलमा डिफेन्ड गर्न सकेका थिएनौं।” ज्ञानेन्द्र मल्ल

पोखरा। दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल) अन्तर्गत चौँथो दिनको पहिलो खेलमा काठमाडाँै गोल्डेन्सले पहिलो जीत दर्ता गर्यो । पोखरा क्रिकेट रङ्गशालामा भएको खेलमा काठमाडौँले धनगढी ब्लुजलाई १०६ रनको विशाल अन्तरले पराजित गर्न सफल रह्यो । अघिल्ला दुई खेलमा पराजित भएको काठमाडाँलाई आज जित्नै पर्ने दवाव रहेको थियो । जित्नै पर्ने दवावमा रहेको काठमाडौँका लागि आज कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट योगदान दिन सफल रहे।

भर्खरै नेपाली पुरुष क्रिकेट टोलीको कप्तान चुनिएका मल्लले कमजोर टोली विरुद्द राम्रो गर्ने तर बलियो टोलीसँग भने उल्लेख्य प्रदर्शन गर्न नसकेको भन्ने समर्थकको बुझाइलाई मल्लले जोडदार जवाफ दिन सफल रहे। खेलमा उनले ३८ बलमा १०० रन प्रहार गरे। उनको शतकीय पारीमा ८ चौका र ९ छक्का समावेश रहेको थियो।

Gyanendra Malla

मल्लको ब्याटबाट २०१९ मा निस्किएको तेस्रो शतक समेत रहेको थियो । यस भन्दा अघाडि उनले प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगितामा विभागिय टोली एपिएफ विरुद्द शतक प्रहार गरेका थिए । साथै भर्खरै मात्र नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत पुरुष क्रिकेटमा मल्लले भुटान विरुद्द शतकीय पारी खेलेका थिए।

आजको खेलमा जित्नै पर्ने दवावका कारण आफु र आफ्ना अरु ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सफल रहेको मल्लले सुनाए। अमित श्रेष्ठ र जयकिसन कोल्सावाले उत्कृष्ट सुरुवात दिलाएको र छोटो बाउन्ड्रीका कारण धेरै रन प्रहार गर्ने जिम्मा आफ्नो काँधमा आएको मल्ले बताए।

“अमित र कोल्सावाले राम्रो सुरुवात दिलाएका थिए, मैले मुमेन्टम क्यारी गर्नुपथ्र्यो” मल्ले भने “छोट्याइएको खेल र सानो बाउन्ड्रीका कारण जतिसक्दो धेरै रन ल्याउनुथ्यो ।”

यसअघिका दुई खेलमा आफु र आफ्नो टोलीले पिच बुझ्दै खेल्दा आक्रामक खेल्न नसकेको कप्तान मल्लले बताए। “अघिल्ला खेलमा पिच बुझेर खेल्नु पथ्र्यो, दवाव थिएन, त्यसले गर्दा हामी चुक्न पुग्यौँ ।” मल्ले सुनाए,“आज जित्न पर्ने दवाव थियो, पिच बुझ्नु भन्दा पनि धेरै रन ल्याउनका लागि आक्रामक खेल्यौं”

आफु व्यक्तिगत ९९ रनमा पुगेपछि साझेदारी गरिरहेका कोल्सावाले १ रन लिएर अरु सोच्नका लागि आफुलाई सुझाव दिएको मल्ले बताए । “९९ मा पुगेपछि कोल्सावाले १ रन लिएर अरु सोच्न मलाई सुझाव दिए ।” मल्ल बताउँछन्,“म १०० पुर्याएर अझै आक्रामक खेल्न चाहन्थेँ, किनभने हामीले अघिल्ला खेलमा डिफेन्ड गर्न सकेका थिएनौं।”

Gyanendra Malla

आजको खेलमा पिचले त्यति धेरै प्रभाव नपारेको मल्लले बताए । आज ओपनर गौरभ तोमर शुन्यमै आउट भएपछि अमित श्रेष्ठले प्रदान गरेको मुमेन्टमले गर्दा नै आफुहरुले राम्रो प्रदर्शन गर्न सकेको मल्लले सुनाए । अमितले मुमेन्टम दिएको र उनको विरुद्ध नै बलरहरु दवावमा परेको र त्यसको फाइदा आफुले उठाएको मल्लले बताए ।

“अमितले दिएको मुमेन्टमले बलरहरु दवावमा थिए, मैले त्यसैको फाइदा उठाएँ ।” मल्ल भन्छन्,“बल ब्याटमा लागिरहेको थियो, पिचको बारेमा भन्दा पनि ठुला शटकै बारेमा सोचिरहेको थिएँ ।”





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]