नेपालले टस जित्यो, रिजन र सुर्यको डेब्यु

२०८० माघ २५, बिहीबार ०९:१५

काठमाडौं । नेपालले क्यानडाविरुद्ध टस जितेको छ । क्यानडाविरूद्धकाे तीन खेलकाे अाेडिअाइ सिरिजकाे पहिलाे खेलमा नेपालले टस जितेकाे हाे ।

टियु मैदान कीर्तिपुरमा रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालका लागि रिजन ढकाल र सुर्य तामाङले ओडिआई डेब्यु गरेका छन् ।

बायाँ हाते बलर रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए । प्रधानमन्त्री कपमा सुर्य तामाङले बागमती प्रदेशबाट खेल्दै ३० विकेट लिएका थिए । बायाँ हाते बलर रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए ।

ओडिआई मान्यताप्राप्त खेलमा नेपाल र क्यानडा पहिलो पटक आमनेसामने हुदैछन् । नेपाल क्यानडासँगको यो खेल ऐतिहासिक बनाउँन चाहन्छ ।

नेपाल र क्यानडाबीचको दोस्रो खेल १० फेब्रुअरी अर्थात माघ २७ मा तथा अन्तिम खेल तथा तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ मा हुनेछ ।

नेपालको प्लेईङ-११ :

आसिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल(कप्तान), पवन सरार्फ, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, रिजन ढकाल,सुर्य तामाङ, ललितनारायण राजवंशी ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy