भारतलाई हराउदै नेपाल फाइनलमा ( फोटो फिचर सहित )

२०७४ मंसिर २९, शुक्रबार १७:२७

  • विकेटनेपाल, मङ्सिर २९

भारतलाई ६५ रनले पराजित गर्दै नेपाल प्रथम अन्तर्राष्ट्रिय व्हिलचियर क्रिकेट च्याम्पियन त्रिदेशीय सिरिज २०१७ को फाइनलमा प्रवेश गरेको छ।

किर्तिपुर मैदानमा संचालन भईरहेको प्रतियोगिताको पहिलो खेलमा बिहिबार बंगलादेशलाई पराजित गरेको नेपालले दोश्रो खेलमा भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित १४ ओभरको खेलमा ४ विकेट गुमाएर १५१ रनको योगफल तयार पारेको थियो। ३७ रन अतिरिक्त पाएको नेपालको लागि नविन राईले ४२ बलमा ६ चौका सहित अविजित ५० रन बनाएका थिए। बिपिन पौडेलले अविजित २५ तथा राजु गुरुङले २३ रन जोडे ।

जवाफमा उत्रेको भारतले १४ ओभरमा ७ विकेट गुमाएर ८६ रन मात्रै बनाउन सक्यो र ६५ रनको सहज जित हात पार्यो। भारतलाई सस्तैमा रोक्न नेपालका बिपिन पौडेल र यम बहादुर श्रेष्ठले समान ३ विकेट हात पारे।

उपाधीको लागि भोलि शनिबार हुने फाइनलमा नेपालले बंगलादेशको सामना गर्ने छ। खेल दिउसो १२ बजे टियु क्रिकेट मैदानमा सुरुहुने आयोजकले बताएका छन्।

बंगलादेशले आजै भएको पहिलो खेलमा भारतलाई ६ विकेटले पाराजित गर्दै फाइनलको यात्रा तय गरेको हो  टस हारेर ब्याटिंग गरेको भारतले सौरभ मल्लिकको ११ चौका सहित ६२ रनको मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १६२ रनको योगफल बनाएको थियो तर ६५ रन अतिरिक्त पाउँदा बंगलादेशले १६३ रनको लक्ष्य १७.१ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो।


हिजो भएको नेपाल र बंगलादेशबीचको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । टस जितेर पहिला बलिंग गरेको नेपालले बिपिन पौडेलले ४ ओभरमा २ मेडन राख्दै ११ रन खर्चेर ४ विकेट झारेपछि बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउदै ७७ रन मात्र बनाउन सक्यो । नेपालले उक्त लक्ष्य १३ ओभरको समाप्तीमा मात्र १ विकेट गुमाएर पुरा गर्यो। नेपालले १६ रन अतिरिक्त पाउँदा दिगाम चेम्जोंग लिम्बुले ४६ बलमा ३ चौका सहित अविजित ३४ रन बनाए, त्यस्तै नबिन राईले १६ रन जोड्दा जंग बहादुर थापाले अविजित ११ रनको पारि खेले ।

नेपाल र भारत बीच खेलको फोटोहरु – 

 





Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy