बंगलादेशलाई पराजित गर्दै नेपालले जित्यो उपाधि

२०७४ पुष १, शनिबार १६:५२

  • विकेटनेपाल, पुष १ 

बंगलादेशलाई पराजित गर्दै नेपालले प्रथम अन्तर्राष्ट्रिय व्हिलचियर क्रिकेट च्याम्पियन त्रिदेशीय सिरिजको उपाधि जितेको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा नेपालले पहिले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाई १६० रनको स्कोर तयार गरेको थियो। जवाफमा बंगलादेशले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाई १०६ रन मात्रै बनाएपछि नेपालले ५४ रनको सहज जित हात पार्यो।

नेपालकको लागि ब्याटिंगतर्फ ओपनर दिगम चेम्जोंग लिम्बुले अविजित ७९ तथा नबिन राईले ५९ रनको योगदान दिएका थिए। दिगमले ६२ बलमा १० चौका तथा नबिनले ५२ बलमा ८ चौका प्रहार गरे। बंगलादेशी बलर रिपोन उद्दीनले २ विकेट लिए।

दोश्रो इनिंगमा नेपाली बलर बिपिन पौडेलले ३ विकेट हात पार्दै बंगलादेश ब्याट्सम्यानहरुलाई मुस्किल बनाएका थिए। बंगलादेशको लागि मोर्शेद आलमले सर्बाहिक २० रन तथा उज्ज्वल बैरागीले १७ रन योगदान दिएका थिए। बिपिनले ३.२ ओभरमा मात्र १३ रन खर्चिएका थिए।

नेपालले यस अघि भारत र बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

फाइल तस्बिर

खेलको प्लेयर अफ द म्याच दिगम चेम्जोंग लिम्बु घोषित भए। प्रतियोगिताकै उत्कृस्ट ब्याट्सम्यान नेपालका नबिन राई तथा उत्कृस्ट बलर नेपालकै बिपिन पौडेल घोषित भए। यस्तै उत्कृस्ट विकेटकिपर नेपालकै राजु गुरुङ तथा उत्कृस्ट खेलाडी नेपालकै दिगम चेम्जोंग लामा घोषित भए।

बिजयी खेलाडीहरुलाई रास्ट्रिय खेलकुद परिषद सदस्य सचिब केशब बिस्टले पुरस्कार वितरण गर्नु भएको थियो।

बिश्वमै व्हिल चेयर क्रिकेटको त्रिकोणात्मक सिरिज भएको यो नै पहिलो पटक हो। ३ दिन चलेको प्रतियोगिताको आयोजना नेपाल व्हिलचेयर क्रिकेट संघले गरेको थियो।

????????????????????????????????????

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy