काठमाडौं । बिहीबारबाट नेपाल र क्यानडाबीचको तीन खेलको ओडिआई सिरिजअन्तर्गतको पहिलो खेल आज(बिहीबार) हुदैछ ।
नेपाल र क्यानडाबीचको खेल टियु मैदान कीर्तिपुरमा बिहीबार बिहान सवा नौ मा सुरु हुनेछ ।
ओडिआई मान्यताप्राप्त खेलमा नेपाल र क्यानडा पहिलो पटक आमनेसामने हुदैछन् । नेपाल क्यानडासँगको यो खेल ऐतिहासिक बनाउँन चाहन्छ ।
नेपाल र क्यानडाबीचको दोस्रो खेल १० फेब्रुअरी अर्थात माघ २७ मा तथा अन्तिम खेल तथा तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ मा हुनेछ ।
तीनै खेल नेपाली समयअनुसार बिहान सवा नौ मा सुरु हुनेछ । क्यानले आइतबार मात्र सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको थियो । क्यानले हेमन्त धामी, रिजन ढकाल र आकाश चन्दलाई क्यानडा सिरिजका लागि पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएको थियो ।
तीव्र गतिका बलर हेमन्त धामी र आकाश चन्द क्यानडासँगको सिरिजलाई नेपाली टोलीमा परेका छन् ।
बायाँ हाते बलर रिजनले बागमती प्रदेशबाट खेल्दै प्रधानमन्त्री कप २०२४ मा ९ खेलमा १५ विकेट लिएका थिए । आकाश चन्दले जारी यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध एक्लै ५ विकेट लिएका थिए । हेमन्तले खुट्टामा लागेको चोटका कारण यू-१९ विश्वकप गुमाएका थिए ।
