नेपाललाई उपाधि जित्न तगारो बन्न सक्ने ४ हंगकंग खेलाडीहरु : एसीसी यु-१९ पूर्वी

मलेसियामा जारि एसीसी अन्डर-१९ इस्टर्न प्रतियोगिताको उपाधिको लागि नेपालले हंगकंगको सामना गर्दैछ।

प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले तथा हंगकंगले सिंगापुरलाई ५१ रनले (डीएल मेथड ) पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। फाइनल खेल किनरारा ओभल मैदानमा मंगलबार बिहान ७:४५ बजे ( नेपाली समय ), हंगकंग समय १० बजे बिहान सुरु हुनेछ।

समुह चरणमा नेपालले चिन र सिंगापुरलाई सहजै पराजित गर्दै सेमीफाइनलमा समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो। नेपालले चिनलाई १० विकेटले र सिंगापुरलाई २१७ रनले पराजित। यस्तै समुह चरणमा हंगकंगले मलेसियालाई ३ रनले, भुटानलाई १७० रनले तथा थाईल्याण्डले ५ विकेटले पराजित गर्दै समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो।

एसीसी अन्डर-१९ प्रतियोगिताको २०१७ को संस्करण नेपालले फाइनलमा हंगकंगलाई पराजित गर्दै जितेको थियो। प्रतियोगिता जित्ने टिमले २८ अगस्ट देखि श्रीलंकामा आयोजना हुने अन्डर-१९ एसिया कप खेल्न छनौट हुनेछ। यस्तै नेपाल र हंगकंग २०२० नोभेम्माबर युएईमा आयोजना हुने यु-१९ एसिया कप खेल्न छनौट भइसकेका छन्।

फाइनल खेलमा नेपालको लागि खतरनाक सावित हुन सक्ने ४ हंगकंग खेलाडी 

अदित गोरवारा :

हंगकंगका अदित गोरवाराको वर्तमान लयले नेपाललाई फाइनल खेलमा चुनौती प्रस्तुत गर्नसक्छ। जारि प्रतियोगिताको ४ खेलमा अदितले ६५.३३ को सानदार औसतमा १९६ रन जोडिसकेका छन् र प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान समेत हुन्। टोलीको कप्तन समेत रहेका अदितले सिङ्गापुर बिरुद्ध ५२ रन, मलेसिया बिरुद्ध ५० रन, भुटान बिरुद्ध अविजित ८४ रन र थाइल्याण्ड बिरुद्ध १० रन बनाएका थिए।  लगातार रन बनाएका अदितसंग नेपालले साबधानी अपनाउनु पर्नेछ।

मोहम्मद हसन :

प्रतियोगतामा नेपालको ब्याटिंग लाइनको अप धेरै परिक्षण भएको छैन। सो अवस्थामा बायाँ हाते स्पिनर मोहम्मद हसन नेपालका लागि घातक बन्न सक्छन्। हसनले प्रतियोगिताका ४ खेलमा ७ विकेट आफ्नो नाम गरेका छन् र धेरै विकेट लिने सुचीमा छैठौं स्थानमा रहेका छन्। हंगकंगको बलिङ्ग युनिटका महत्वपूर्ण सदस्य रहेका हसनले ३१ ओभर बलिङ्ग गर्दा ११ को औसत तथा २.४८ को इकोनोमीमा ७ विकेट लिएका हुन्। उनले सिंगापुर बिरुद्ध सेमीफाइनलमा र भुटानसंग समुह चरणमा समान ३/३ विकेट लिएका थिए।

नसरुल्ला राना :

हंगकंगले प्रतियोगितामा फाइनलसम्म को यात्रा तय गर्नमा नसरुल्ला रानाको अलराउण्ड प्रदर्शनको ठूलो भूमिका रहेको छ। दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते मिडियम पेसर रानाले ४ खेलमा ५ विकेट चट्काएका छन् भने १८१ रन समेत जोडेका छन्। उनि प्रतियोगिताकै दोश्रो सर्वाधिक रनकर्ता समेत हुन्। टोलीको ब्याटिंग युनिटमा ओपनिङ्ग ब्याटिंग गर्दै बिष्फोटक ब्याट्सम्यानका रुपमा भूमिका निभाउंदै आएका रानाले १६१.६१ को स्ट्राइक रेटमा रन जोडेका छन्। सिंगापुर बिरुद्धको खेलमा उनले मात्र २८ बलमा ५५ रन जोडेका थिए। यस्तै भुटान बिरुद्ध ३० बलमा ५० रन र थाइल्याण्ड बिरुद्ध समेत २६ बलमा ४६ रन जोडेका थिए।

रौनक कपुर :

हंगकंग टोलीका अर्का प्रतिभाशाली स्पिनर रौनक कपुरको प्रदर्शन समेत यस प्रतियोगितामा उत्कृस्ट रहँदै आएको छ। रौनकले मलेसियासंग ३ विकेट तथा थाईल्याण्ड बिरुद्ध ५ विकेट लिएका थिए।  दायाँ हाते अफ स्पिनर कपुरले ३ खेलमा ९ विकेट आफ्नो नाम गरेका छन् र धेरै विकेट लिने सुचीमा तेश्रो स्थानमा रहेका छन्। प्रतियोगितामा २१.३ ओभर बलिङ्ग गरेका उनले ६.११ को औसत तथा २.५६ को इकोनोमीमा ९ विकेट हात पारेका हुन्। नेपालको ब्याटिंगलाई सस्तैमा समेट्न रौनकको भूमिका महत्वपूर्ण रहने छ।

 





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]