देशकै सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने

attariya cup cricket
  • विकेटनेपाल- २८ माघ

कैलाली जिल्लाको अत्तरीयामा देशकै सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। अत्तरीया युनाटेड स्पोर्टस क्लवको आयोजनामा वैशाख १४ गतेदेखि महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा झण्डै ४ लाखभन्दा बढी नगद पुरस्कार दिने आयोजकले बताएको छ। प्रतीयोगीता वैशाख १४ गतेदेखि अत्तरीयाको शसस्त्र प्रहरी वल वैजनाथ वाहिनीको खेल मैदानमा गरिनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख पुरस्कार पाउनेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट व्याट्स ओमन, उत्कृष्ट वलर र उत्कृष्ट किपरले नगद १०/१० हजार र प्रत्येक खेलका ओमन अफ द म्याचले नगद ३ हजार पुरस्कार दिईनेछ ।

झण्डै २५ लाख खर्च लाग्ने अनुमान गरिएको क्रिकेट प्रतियोगिताको लागि प्रायोजकहरुको खोजी गर्दै आवश्यक तयारी भईरहेको आयोजक क्लवका उपाध्यक्ष तथा आर्थिक समितीका संयोजक निराजन भाटले वताउनुभयो ।

पुरुष क्रिकेटले आशातित सफलताहरु हासिल गर्दै गएको अवस्थामा महिला क्रिकेटको स्तर वढाउनका लागि देशमै सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता आयोजनाको तयारी थालिएको हो।

प्रतियोगितामा सहभागी प्रत्येक टीमले ४ जना विदेशी खेलाडी राख्न पाउने युनाईटेड अत्तरीया स्पोर्टस क्लवका अध्यक्ष तथा प्रतियोगिताका संयोजक रवि खनालले जानकारी दिनुभयो।

प्रतियोगितालाई आयोजना गर्नका लागि तयारीको काम तिव्र रुपमा अगाडी वढिरहेको छ । विभिन्न उप समितीहरु गठन गरी कार्य विभाजन गरेर तयारी थालिएको आयोजकको दावी छ । क्लवका अध्यक्ष रवि खनालको संयोजकमा गठीत आयोजक समितीको आर्थिक संयोजकमा निराजन भाट, यातायात संयोजकमा पदक भट्टराई, व्यवस्थापन संयोजकमा सरोज भट्ट, मञ्च संयोजकमा प्रकाश खड्का प्रचार प्रसार संयोजकमा मिन जोशी प्रशासनिक कार्य संयोजकमा थानेश्वर भट्टलाई जिम्मेवारी दिईएको छ ।

तयारी समितीको सचिवमा रमेश कठायत कोषाध्यक्षमा कुवेर खड्का तथा सदस्यहरुमा राज शर्मा, यज्ञराज भट्टराई, विजय महरा नरेश महरा र अन्जु गैरे रहेका छन । प्रतियोगिता आउन झण्डै दुई महनिा भन्दा कम समय वाकी रहदा तयारीलाई तिव्रता दिईएको व्यवस्थापन संयोजक एवम क्लवका उपाध्यक्ष सरोज भट्टले वताउनुभयो ।

महिला क्रिकेटरहरुको अभाव खड्किदै गएको अवस्थामा आयोजना थालिएको महिला राष्टिय टी २० अत्तरीया कपले महिलालाई क्रिकेटमा लाग्न र लगाउन सहजता हुने वातावरणको सिर्जना हुन सक्ने अपेक्षा गरिएको छ । सुदुरपश्चिम क्षेत्र क्रिकेटमय वन्दै गएको अवस्थामा गर्न थालिएको महिला क्रिकेट प्रतियोगितालाई सवैले सहयोग गर्नुपर्ने युनाईटेड अत्तरीया क्लवका महासचिव थानेश्वर भट्टले आग्रह गर्नुभयो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]