सकियो धनगढी प्रिमियिर लिगको तयारी

  • विकेटनेपाल- २५ चैत

सगरमाथा सिमेण्ट धनगढी प्रिमियर लिगको सम्पुर्ण तयारी सम्पन्न भएको छ । आयोजकले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको हो ।

क्रिकेटलाई अझ योजनाबद्ध र व्यवसायिक हिसाबले लैजानको लागि धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदुरपश्चिमाञ्चल ऐकेडेमी (एसपीए) को नयां योजनाका साथ शहरहरु केन्द्रित लिगको तयारी सकिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिनुभयो। केही टिमहरु धनगढी आईसकेका छन् भने केही टिमहरु धनगढी आउने क्रम जारी छ । अध्यक्ष शाहीले भन्नुभयो–मैदान तथा पीच निर्माण सम्पन्न भईसकेको छ । प्रतियोगिता आयोजनाका विभिन्न उप समितीहरुले पनि आ–आफ्ना जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरिरहेका छन । म्याच अफिसियलहरु धनगढी आईपुगेका छन् ।

विभिन्न शहरका टोलीहरुलाई फ्रेन्चाईज गरेर चैत २७ देखि बैशाख ९ सम्म आयोजना गर्न लागिएको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको तयारी सकिएको हो । यो लिग नेपाली क्रिकेटको विकेन्द्रीकरण र व्यवसायिक पाईलामा नयां आयाम हुने आयोजकले जनाएको छ । उद्घाटन खेलमा नेपाल ११ र धनगढी ११ बिचमा खेल हुनेछ । खेलको सवै तयारी सकिसकेको छ । सो च्यारिटी खेलवाट खर्च कटाएर बचेको रकम ड्रिम फाप्लालाई हस्तान्तरण गरिने अध्यक्ष शाहीले बताउनुभयो ।

धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को सयुक्त आयोजनामा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) नेपाली क्रिकेमा नौलो संरचना, नेपालकै सबभन्दा ठूलो धनराशिको पुरस्कार भएको सुदुरपश्चिमाञ्चल एकेडेमीका प्रिसिपल पुष्पराज ाजेशीले वताउनुभयो । यस अघिको देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिता ‘होटल डिभोटी एसपीए कप’ र नेपालमै पहिलो पटक खेलाडीको अक्सन प्रक्रियाद्धारा आयोजित ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग’को मर्जरको नयां स्वरुप नै ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ धनगढी क्रिकेट एकेडेमीसग मिलेर आयोजना गरेको प्रिन्सिपल जोशीले वताउनुभयो ।



देशभरिका विभिन्न ६ शहरबाट टिम छनोट गरिएको छ । जसमा कप्तानको टुंगो लक्की ड्र बाट गरिएको हो । उनीहरुले समान १ लाख ५० हजार पारिश्रमिक पाएका छन । ती बाहेक अन्य खेलाडीहरुले अक्सनमा रकम बोलकबोल गरेर १ लाख रुपैयासम्म रकम पाएका छन । प्रतियोगितामा सीवाईसी अत्तरियाको कप्तानी ज्ञानेन्द्र मल्ल, विराटनगर किङ्सको कप्तानी शरद भेषावकर, काठमाडौं गोल्डेन्सको कप्तानी बसन्त रेग्मी, रुपन्देही च्यालेन्जर्सको शक्ति गौचन, कञ्चनपुर आइकोनिकको विनोद भण्डारी र टिम चौराहा धनगढीको कप्तानी पारस खड्काले गर्नेछन् ।

प्रतियोगिताको विजेतालाई रु १५ लाख र उपविजेतालाई रु ७ लाख रुपैया“ तथा ट्रफी प्रदान गरिनेछ। नेपाली क्रिकेटमा यो हालसम्मकै सवैभन्दा ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हो। प्रत्येक खेलका वेल्स क्याफे म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले टिभीएस आरटीआर २०० अपाचे मोटरसाईकल पाउनेछन्। प्रतियोगिताको पुरस्कार राशीमा मात्र २७ लाख रुपैया खर्च हुने धनगढी क्रिकेट एकेडेमीका निर्देशक महेश शाहले वताउनुभयो।

प्रतियोगिता टि–२० फर्म्याटमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक आपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगितामा दर्शकहरुका लागि टिकटदर रु ३०, ५०, ८० र र १०० रहनेछ । टिकटबाट प्राप्त हुने रकमको २० प्रतिशत धनगढी क्रिकेट एकेडेमीका दिवांगत पुर्व प्रशिक्षक अर्जुन खड्का ज्युका छोराछोरीको अध्ययनका लागि कोष खडा गर्न छुट्याइनेछ । त्यस्तै, १५ प्रतिशत रकम फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगाशाला निर्माण अभियान (ड्रिम फाप्ला) का लागि छुट्याइनेछ भने १५ प्रतिशत रकम सहभागी टिमहरुलाई दिईने अध्यक्ष सुवाश शाहीले जानकारी दिनुभयो ।

दर्शकहरुलाई पहिलो पटक सुदुरपश्चिममा कृत्रिम प्याराफिट निर्माण गरिनुका साथै टिकट काटेका दर्शकहरुमध्ये गोलाप्राथवाट एक जनालाई नगद २५ हजार पुरस्कार प्रदान गरिनेछ । यसको साथै खेलाडीहरुको लागि खेल अवधिभर खेल चिकित्सकको पुर्ण रुपमा व्यवस्थापन गरिएको छ भने एनएलजी ईन्सुरेन्सले खेल अवधिभर ५ लाखको वीमा गरेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतियोगिताले धनगढी अनि समग्र सुदूरपश्चिमको पहिचान फराकिलो बनाउन मदत पुगेको विश्वास लिएका छौ । प्रतियोगिता अवधीभर यस क्षेत्रको आर्थिक क्रियाकलाप चलायमान हुने र विभिन्न व्यक्तिहरुले रोजगारी पाउने आशा आयोजकले गरेका छन् । देशभरिबाट हजारौ पर्यटन धनगढी भित्र्ने स्थानीय व्यापारी, होटल व्यवसायी, यातायात क्षेत्रको विकासमा प्रबर्धन पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]