डीएभी र नितिन अगाडी ( माइक्रोम्याक्स इन्टर स्कुल इन्डोर )

  • विकेटनेपाल, १७ जेठ

माइक्रोम्याक्स इन्टर स्कुल इन्डोर क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा डीएभी, ग्रिन ल, नितिन मेमोरियलले जित हात पारेका छन् l ग्रिन ल र मेरिडियन बीचको खेल भने बराबरीमा टुंगियो l

दोश्रो दिनको खेल पछि अंकतालिकाको समुह ‘ए’ मा नितिन मेमोरियल र समुह ‘बि’ मा डीएभी स्कुलले अग्रता लिएका छन् l ( अंकतालिका सबैभन्दा तल )

भेलोसिटी एरिनामा सम्पन्न पहिलो खेलमा डीएभी स्कुलले एपीआईलाई ५५ रनले पराजित गर्यो l पहिले ब्याटिंग गरेको डीएभीले तयार गरेको १११ रनको जवाफमा एपीआईले दोश्रो इनिंगमा ५६ रन मात्रै बनाउन सक्यो l डीएभीको लागि समन श्रेष्ठले २० तथा आदित्य अग्रवालले २४ रन बनाए l

दोश्रो खेलमा गरिन लले पहिले ब्याटिंग गर्दै बनाएको ८६ रनको जवाफमा ब्याटिंग गरेको मेरीडीएनले पनि दोश्रो इनिंगमा ८६ रननै बनाएपछि खेल बराबरीमा टुंगियो l ग्रिन लको लागि दिक्पाल गुरुङले ३४ रनको योगदान दिए भने मेरीडीएनको लागि सुरेन्द्र बस्नेतले २८ र इरफान खानले २६ रन बनाए l पहिलो इनिंगमा मेरीडीएन बलर आदित्य सापकोटाले २ विकेट लिए l

तेश्रो खेलमा नितिन मेमोरियलले प्रिमियर इन्टरनेसनल स्कुललाई ७ विकेटले पराजित गर्यो l पहिले इनिंगमा प्रिमियरले  ५३ रन मात्रै बनाउन सक्यो जसलाई सस्तोमा समेट्न सुरज राना मगरले २ विकेट हात पारे l बिमल दहितले २० रन बनाउदै नितिनलाई सहज जित दिलाए l

यस्तै चौथो खेलमा एपीआई स्कुललाई ग्रिन लले ४ विकेटले पराजित गर्यो l पहिले ब्याटिंग गर्दै एपीआईले बनाएको ७९ रनको प्रतिउत्तरमा ब्याटिंग गरेको ग्रिन ल ले ११.५ ओभरमा लक्ष भेटायो l एपीआईको लागि रुएल श्रेष्ठले २७ रन बनाएका थिए l समर्पण दाहालले ग्रिन लको लागि १९ रन योगदान दिए l

भ्यागुते प्रोडक्सन द्वारा आयोजित प्रतियोगितामा ८ टोलि सहभागी छन् l हिजो मंगलबार देखि सुरु भएको प्रतियोगिता १९ गते सम्म चल्नेछ l

अंकतालिका

Points table

Group A

SN School Name P W L D P R. R
1 Niten Memorial H.S School 2 2 4
2 Ujjwal Shishu Niketan Academy 1 1 2
3 Vidhya Sanskar School 1 1 0
4 Premier International School 2 2 0

 

 

GroupB

SN School Name P W L D P R. R
1 D.A.V 2 2 4
2 Green Laws Academy 1 1 1 1 3 -1
3 Api School 3 1 2 2 -0.3
4 Meridian International school 2 2 1 1 -1.7

 





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]