केसीए यु-१४ क्रिकेट : नेक्सस क्रिकेट एकेडेमीका दुवै टिमको विजयी सुरुआत

काठमाडौं । केसीए यु-१४ क्रिकेट प्रतियोगितामा नेक्सस क्रिकेट एकेडेमीका दुवै टिमले विजयी सुरुआत गरेका छन्।

चुनिखेल बुढानिलकण्ठस्थित काठमाडौं क्रिकेट एकेडेमी को मैदानमा शुक्रबार सम्पन्न खेलमा नेक्सस ‘ए’ ५२ रन र नेक्सस ‘बी’ सुपर ओभरमा विजयी भयो।

प्रतियोगिताको उद्घाटन खेलमा नेक्सस ‘ए’ ले दिएको १०९ रनको लक्ष्य पछ्याएको भक्तपुर म्युनिसिपल क्रिकेट एशोसिएसन १५.३ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेक्सस ‘ए’ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रन बनायो।

खेलमा २९ रन र ३ विकेट लिएकी युनिक गुरुङ प्लेयर अफ दि म्याच घोषित भइन्।

यस्तै दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमी ‘बी’ लाई सुपर ओभरमा नेक्सस ‘बी’ ले पराजित गरेको छ।

हिमालयनले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेक्सस ‘बी’ ले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९४ र नै बनाएपछि खेल बराबरी भयो।

त्यसपछि खेलको निर्णय सुपर ओभरमा नेक्सस ‘बी’ विजयी भयो। खेलमा २२ रन र १ विकेट लिएका नेक्सस ‘बी’ का विधानराज बस्नेत प्लेयर अफ दि म्याच घोषित भए।

सहभागी टोलीहरू :
१. हिमालयन क्रिकेट एकेडेमी ए
२. नेक्सस क्रिकेट एकेडेमी ए
३. ओएसिस क्रिकेट एकेडेमी
४. भक्तपुर म्युनिसिपल क्रिकेट एशोसिएसन
५. हिमालयन क्रिकेट एकेडेमी बी
६. नेक्सस क्रिकेट एकेडेमी बी
७. बल पार्क क्रिकेट एकेडेमी
८. भक्तपुर क्रिकेट सेन्टर
९. हिमालयन क्रिकेट एकेडेमी सी
१०. सीईसी भक्तपुर
११. किंग्स क्रिकेट एकेडेमी
१२. काठमाडौं क्रिकेट एकेडेमी





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]