गेटवेको सानदार जित

२०८२ बैशाख २३, मंगलवार २०:०९

काठमाडौं । गेटवे एकेडेमीले जयकुमारनाथ शाह मेमोरियल यु–१६ टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा विसडम इङ्लिस एकेडेमीविरुद्ध सानदार जित दर्ता गरे छ।

मंगलबार सम्पन्न खेलमा गेटवे १८४ रनले विजयी भएकाे हाे।

मुलपानी क्रिकेट मैदान (तल्लो) मा गेटवेले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याएको विसडम १२ ओभरमा ३४ रनमै समेटियो। उसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

गेटवेका लागि साइमन पन्त र सुलभ तिमिल्सिनाले समान तीन तथा अमित पटेल र कप्तान सबिर अन्सारीले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गेटवेले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो।

गेटवेका लागि सबिर अन्सारीले ५६ बलमा ९ चौका र एक छक्काको मद्दतले अविजित ८९ रनको योगदान गरे। यसैगरी मुर्सिद इक्बालले ५२ बलमा सात चौकासहित अविजित ७१ र उज्वल गुप्ताले १५ रन बनाए।

विसडमका लागि अन्शु पटेलले एक विकेट लिए।

मंगलबारै सम्पन्न अन्य खेलमा अपी स्कलले देव सुशिल केडिया विश्व भारती ‘बी’ लाई ५४ रनले पराजित गर्यो। यसैगरी त्रियोग र जेम्स स्कुल तथा पिक प्वाइट एकेडेमी र देव सुशिल केडिया विश्व भारती ‘ए’ बीचको खेल वर्षाका कारण रद्द भयो।

यससँगै विजयी सुरुआत गरेको गेडवेले दुई अंक जोडेको छ। विसडमको भने सुरुआत राम्रो हुन सकेन।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy