डिएभीलाई आरआरए क्रिकेट उपाधि

काठमाडाैँ। डिएभीले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि बिहीबार जितेको छ।

आयोजक रेडियन्ट रिडर्स एकेडेमीको सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा भएको फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित ग¥यो । विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाए ।

पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै ८४ रनको योगफल खडा ग¥यो । डिएभीका प्रसिद्ध जैसीले १३ बलमा ३७ तथा फरहान अन्सारीले ६ बलमा ११ रन जोडे । बलिङतर्फ एलआरआईका कप्तान अभी थपलियाले ३ विकेट लिए ।

जवाफमा एलआरआई ९.४ ओभरमा अलआउट हुँदै ३३ रनमा समेटियो । एलआरआईका अभीले ६ रन जोडे । बलिङमा प्रसिद्ध जैसीले ३ तथा कमल शाहीले २ विकेट हात पारे ।

प्रतियोगितामा डिएभीका प्रसिद्ध ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । उनले १ सय ३५ रन बनाउनुका साथै ८ विकेट पनि लिए । प्रसिद्ध नै उत्कृष्ट ब्याट्सम्यान चुनिए । एलआरआईका अभी थपलिया उत्कृष्ट बलर बने ।

विजेतालाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा आयोजकको २ सहित १५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy