क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा

काठमाडौं । महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा प्रवेश गरेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा महावीरविरुद्ध चार रनको रोमाञ्चक जित निकाल्दै एक्सिलेन्स सेन्टर प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको हो।

एक्सिलेन्सले दिएको ९० रनको लक्ष्य पछ्याएको महावीर २०.१ ओभरमा ८४ रनमै समेटियो।

महावीरका लागि सोनु देवकोटाले १९, राकेश कर्णले १२ र प्रतिश जिसीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। क्रिकेट एक्सिलेन्सका लागि युगान्त खत्रीले तीन, विवेकानन्द सहानीले दुई र रित गौतमले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ थालेको क्रिकेट एक्सिलेन्सले २२.५ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो।

क्रिकेट एक्सिलेन्सका लागि रणवीर यादवले १८, प्रशान्त पण्डित र स्वरुप श्रेष्ठले समान ११ रन बनाए।
महावीरका लागि हिमाल चन्दले तीन तथा रिजन थापा र सोनु देवकोटाले समान दुई विकेट लियो ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]