क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा

काठमाडौं । महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा प्रवेश गरेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा महावीरविरुद्ध चार रनको रोमाञ्चक जित निकाल्दै एक्सिलेन्स सेन्टर प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको हो।

एक्सिलेन्सले दिएको ९० रनको लक्ष्य पछ्याएको महावीर २०.१ ओभरमा ८४ रनमै समेटियो।

महावीरका लागि सोनु देवकोटाले १९, राकेश कर्णले १२ र प्रतिश जिसीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। क्रिकेट एक्सिलेन्सका लागि युगान्त खत्रीले तीन, विवेकानन्द सहानीले दुई र रित गौतमले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ थालेको क्रिकेट एक्सिलेन्सले २२.५ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो।

क्रिकेट एक्सिलेन्सका लागि रणवीर यादवले १८, प्रशान्त पण्डित र स्वरुप श्रेष्ठले समान ११ रन बनाए।
महावीरका लागि हिमाल चन्दले तीन तथा रिजन थापा र सोनु देवकोटाले समान दुई विकेट लियो ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy