जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेटको उपाधि डिएभी स्कुललाई

काठमाडौं । डिएभी स्कुलले दोस्रो जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

प्रसिद्ध जैशीको अलराउण्ड प्रदर्शन मदतमा सोमबार भएको फाइनलमा डिएभीले गेटवे एकेडेमीलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो।

मुलपानी मैदानमा गेटवे एकेडेमीले दिएको ७३ रनको लक्ष्य डिएभी स्कुलले १६.४ ओभरमै ७५/३ रन बनाउँदै पूरा गर्‍यो।

डिएभीका लागि प्रसिद्ध जैशीले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै ४५ बलमा अविजित ३५ रन बनाए। मयंक कुमार शाहले १४ बलमा १६ रनको योगदान दिए। गेटवेका उज्वल गुप्ताले २ तथा र साइमोन पन्तले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको गेटवेले १९.३ ओभरमा सबै विकेट गुमाएर जम्मा ७२ रन बनाएको थियो। गेटवेका मुरशिद इकबालले २३ बलमा १५ रन बनाए भने साबिर अन्सारीले १२ बलमा ११ रन जोडे।

डिएभीको बलिङ आक्रमण निकै प्रभावशाली रह्यो। कमल शाहीले ९ रन मात्र रखअचेर ४ विकेट लिए। यस्तै प्रसिद्ध जैशीले १३ रन खर्चेर ३ विकेट लिए। केशवले अग्रवालले २ विकेट लिए।

खेलमा अलराउण्ड प्रदर्शन गरेका डिएभकीका प्रसिद्ध जैशी म्यान अफ द म्याच घोषित भए।

डिएभी स्कुलका प्रसिद्ध जैशी प्लेअर अफ दि टुर्नामेन्ट समेत घोषित भए। यस्तै डिभएकै कमल शाही बेस्ट बलर र गेटवे स्कुलका सविर अन्सारी बेस्ट ब्याटर घोषित भए। एन्जलहर्ट स्कुलका अभिषेक कठायत इमर्जिङ प्लेअर घोषित भए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy