कैलाली । क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा दशरथ चन्द एकेडेमी बैतडी र घोडाघोडी–११ सुख्खड विजयी भएका छन्।
विहीबारको पहिलो खेलमा बैतडीले पहिलो जित दर्ता गरेको छ। यसअघिका दुई खेलमा हार व्यहोरेको बैतडीले अंक तालिकामा दुई अंक जोडेको छ। विहीवार भएको दोस्रो खेलमा घोडाघोडी–११ ले जित हात पारे पनि समुह ए को विजेता हुदैं फेण्ड्स युथ क्लब डडेल्धुरा समुह विजेता बनेको छ। समान चार अंक रहेको डिसिए धनगढी रनरेटमा पछाडी पर्दै समुह उपविजेता बनेको छ।
गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको छैठौं दिनको पहिलो खेलमा क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंलाई १६ रनले हराउँदै सेमिफाईनल प्रवेशको सम्भावना कायमै राखेको छ। समुह बी मा समान दुई अंक रहेका न्यु होराईजन बुटवल रनरेटमा दोस्रो, दशरथ चन्द बैतडी तेस्रो र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौं चौथो स्थानमा रहेको छ।
काठमाण्डौं र बैतडीको भाग्य भोली हुने सीईसी अत्तरिया र न्यु होराईजन बुटवलको खेलको नतिजामा भर पर्नेछ। अहिलेसम्मको अवस्थमा दुई खेलमा दुई जित हासिल गरेर सेमिफाईनल प्रवेश गरेको छ।
प्रतियोगिताको छैठौं दिनको पहिलो खेलमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै दशरथ चन्द एकेडेमी बैतडीले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा एक सय ६० रन बनायो। बैतडीका लागि दिवन पुनले ४३ रन बनाए। रनआउट हुनुअघि ३३ बलको सामना गरेका उनले एक छक्का र पाँच चौका प्रहार गरे। टीमका लागि बसन्त खत्रीले ३२ रन बनाउँदा अमरसिंह रौटेललाले १५ बलका आक्रमक ब्याटिङ सहित २९ रन बनाए। क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंका लागि सुर्य तामाङ र दिपेन्द्र रावतले दुई दुई विकेट लिए। नन्दन यादव, युनिष ठकुरी र राज शाहले एक एक विकेट लिए।
एक सय ६१ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौं १९.४ ओभरमा सबै विकेट क्षतिमा एक स ४४ रनमा समेटियो। काठमाण्डौंका लागि राज शाहले अविजित ३७ रन बनाए। दिपेन्द्र रावतले ३२ रन, शुभ कंसाकारले २६ रन र कप्तान नन्दन यादवले २० रन बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन्। बैतडीलाई जिताउन सल्लाउदिन खानले सर्वाधिक ५ विकेट लिए । प्रतियोगितामा पाँच विकेट लिने दोस्रो खेलाडी हुन्। यस्तै दिवान पुनले ३ विकेट र रुपेश सिंहले एक विकेट लिए। खेलमा खेलमा ४३ रन बनाउँदै ३ विकेट लिएका बैतडीका दिवान पुन नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए। उनले नगद १० हजार सहित ट्रफी पाए।
यस्तै बुधबार विहान भएको दोस्रो खेलमा घोडाघोडी–११ सुख्खडसँग फेण्ड्स युथ क्लब डडेल्धुरा स्तब्ध भएको छ। घोडाघोडी–११ सुख्खडले डडेल्धुरालाई एक विकेटले पराजित गरेको हो। प्रतियोगिताबाट बाहिरिएको घोडाघोडीले सान्त्वना जित सहित प्रतियोगिता सक्काएको छ। फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा विहीबार भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डडेल्धुराले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा एक सय २४ रन बनायो। डडेल्धुराका लागि अविजित विनोद भण्डारीले अर्धतशकीय पारी खेले। चार छक्का दुई चौका प्रहार गरेका उनले ४७ बलामा ५६ रन बनाए । कुशल भुर्तेलले १३ रन, आयुष्मान बलमे ११ रन र गजेन्द्र बोहोराले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रनअंक जोड्न सकेनन्। घोडाघोडीका लागि नरेन साउँदले सर्वाधिक चार विकेट लिए। सुर्य श्रेष्ठले दुई विकेट, भुपेश जोशी र सन्जय बोहोराले एक एक विकेट लिए।
एक सय २५ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको घोडाघोडी–११ सुख्खडले १९.५ ओभरमा ९ विकेट क्षतिमा विजय लक्ष्य भेट्टायो। टीमलाई जिताउन आयुव चन्दले ३३ रन, योगेश भाटले २० रन, शेर मल्ल र दिपक टमाट्टाले समान १८ रन बनाएर आफ्नो टीमलाई जित दिलाए। डडेल्धुराका लागि हेमन्त धामीले ३ विकेट, अभिषेक गौतमले दुई विकेट तथा कुशल भुर्तेल, गजेन्द्र बोहोरा र कृस ऐरले एक एक विकेट लिएपनि आफ्नो टीमलाई जिताउन सकेनन्। खेलमा ४ विकेट लिएका घोडाघोडीका नरेन साउँद नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए।
प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेल हुनेछ। भोली दिउँसो हुने खेलमा सिवाईसी अत्तरिया र न्यु होराईजन बुटवल बीच प्रतिस्पर्धा हुनेछ। नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ। धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ।