नितेन मेमोरियललाई उपाधि – माइक्रोम्याक्स स्कुल इन्डोर

Winner - Niten Memorial Team
  • विकेटनेपाल- १९ जेठ

डीएभी स्कुललाई ३ विकेटले पराजित गर्दै नितेन मेमोरियल स्कुलले माइक्रोम्याक्स इन्टर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ l

भ्यागुते प्रोडक्सन द्वारा आयोजित प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिंग गरेको डीएभी स्कुक्लले निर्धारित १६ ओभरको खेलमा ११.१ ओभरमा सबै ८ विकेट गुमाउदै ८६ रन बनाउन सकेको थियो जसको लागि आदित्य अग्रवालले सर्बाधिक १५ रन योगदान दिए l नितेन बलर जितेन तामांगले २ विकेट हात पारे l

जवाफमा ब्याटिंग गरेको नितेनले १४ ओभरमा ५ विकेट गुमाई लक्ष भेटायो l सुमन लिम्बुले २३ तथा सुरज राना अगरले १८ रन बनाउदै नितेनको जितमा महत्वपूर्ण योगदान दिए l समान श्रेष्ठले २ विकेट हात पारेपनि डीएभीको जितको लागि पर्याप्त हुन सकेन l

फाइनल खेलको म्यान अफ द म्याच नितेनका सुमन लिम्बु घोषित भए l

उपविजेता डीएभी स्कुल

प्रतियोगिताको उत्कृस्ट खेलाडी डीएभीका समान श्रेष्ठ घोषित भए भने उत्कृस्ट ब्याट्सम्यान अपि स्कुलका रेउल श्रेष्ठ, उत्कृस्ट बलर नितेन मेमोरियलका जितेन तामांग घोषित भए l यस्तै उदयमान खेलाडी विभक्त लम्साल ( ग्रिन ल ) तथा उत्कृस्ट फिल्डर कृष अधिकारी ( उज्ज्वल शिशु निकेतन ) घोषित भए l

बीजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघका पुर्ब उपाध्यक्ष तथा बालुवाटार क्रिकेट एकेडेमीका संचालक उपेन्द्र भट्टराईले पुरस्कार वितरण गर्नुभएको थियो l

प्रतियोगिताको सेमीफाइनलमा नितेनले ग्रिन ल एकेडेमीलाई सुपर ओभरमा पराजित गरेको थियो भने डीएभीले उज्ज्वल शिशु निकेतनलाई ४ विकेटले पराजित गरेको थियो l जेठ १६ गते देखि सुरु भएको प्रतियोगितामा ८ स्कुल सहभागी थिए l





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]