नेपालको उत्कृस्ट लय, दोश्रो अभ्यास खेलमा बिशाल जित

  • विकेटनेपाल, २१ असार

पवन सर्राफको अलराउण्ड प्रदर्शन मदातले गुरुग्राम स्पोर्ट्स क्लबलाई २४९ रनको ठुलो अन्तरले पराजित गर्दै नेपाल यु-१९ क्रिकेट टिमले भारत भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा लगातार जित हात पारेको छ l हेर्नुस स्कोरकार्ड 

नेपाली टिमले हिजो सम्पन्न पहिलो अभ्यास खेलमा फ्रेन्ड्स स्पोर्ट्स एकेडेमीलाई १२१ रनले पराजित गरेको थियो l

नेपालको जितमा पवन सर्राफले ब्याटिंग तर्फ ४७ तथा बलिंग तर्फ ४ विकेट हात पार्दै प्रमुख भूमिका निभाएका थिए l २२ बलमा सर्राफले ४ छक्का र ३ चौका प्रहार गरेका थिए भने बलिंगमा ६ ओभरमा २ मेडन ओभर सहित मात्र १८ रन खर्चिए l

पवन सर्राफ

टस जितेर गौतम बुद्ध युनिभर्सिटी मैदानमा ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट नोक्सानीमा ३३८ रन बनाएको थियो l नेपालको लागि आदील खानले ७५, ओपनर सन्दिप सुनारले ५८ , दिपेन्द्र ऐरीले ४८ रनको योगदान दिएका थिए l आदीलले १०० बलको इनिंगमा २ चौका र २ छक्का प्रहार गरेका थिए l

३३९ रनको बिशाल लक्ष पछ्याउने क्रममा गुरुग्राम स्पोर्ट्स क्लबले २९.१ ओभरमा सम्पूर्ण विकेट गुमाउदै मात्र ८९ रन बनाउन सकेको थियो l

१५ देखि २५ जुलाईसम्म आयोजना हुने आईसीसी यु-१९ बिश्वकप छनौट ( एसिया ) प्रतियोगिताको लागि नेपाली टिम असार ९ गते भारतको नोयडा पुगेको थियो l जुलाई १४ तारिकमा नेपाली टिम भारतबाटै सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ l

यो पनि पढ्नुस :- 

 

 





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]