आक्रामक इनिंगपछि अनिल आउट , नेपाललाई चौथो झट्का

Sandeep Sunar , Anil Sah

अनिल शाहले आक्रामक ब्याटिंग गर्दै एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत थाईल्याण्डसंगको पहिलो खेलमा ९१ रन बनाएका छन् l

टस हारेर पहिले ब्याटिंग गरेको नेपालको लागि तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका शाहले व्यक्तिगत सर्बाधिक रन बनाउने क्रममा ७४ बलमा ९१ रन बनाएका हुन् l त्यस क्रममा उनले ५ छक्का र ६ चौका प्रहार गरे l

ताजा स्थितिमा नेपालको स्कोर ३४ ओभरमा  १८२.४ को स्थितिमा रहेको छ l

प्रनित थापा ६ रन तथा रोहित पौडेल १ रन बनाएर क्रिजमा छन् l नेपालले यस अघि  सन्दिप सुनारलाई ३२, आसिफ शेखलाई २१ र कप्तान दिपेन्द्र ऐरीलाइ २२ रनको स्कोरमा गुमाईसकेको छ l

खेलको अपडेट यो लिंकमा हेर्नुस  लाइभ अपडेट लिंक 

नेपाली टिम 

दिपेन्द्र ऐरी ( कप्तान ) , सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा, अनिल कुमार शाह, पवन सर्राफ, रोहित पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादब, बिक्रम भुसाल, सन्दिप जोरा, सुमित महर्जन

प्रशिक्षक – बिनोद दास
सहायक प्रशिक्षक – कलाम अलि

खेल तालिका 

सेप्टेम्बर ११ – नेपाल – थाईल्याण्ड
सेप्टेम्बर १३ – नेपाल – भुटान
सेप्टेम्बर १४ – नेपाल – सिंगापुर

सेप्टेम्बर १६ – सेमीफाइनल
सेप्टेम्बर १७ – फाइनल

समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार





थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]