एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा टस हारेर बलिंग गरेको नेपालले तेश्रो विकेट हात पारेको छ l
कप्तान दिपेन्द्र ऐरीले तेश्रो सफलता दिलाएका हुन् l ५ रन बनएका नग्वांग थिन्लेलाई दिपेन्द्र ऐरीले एलबिडब्लु आउट गरेका हुन् भने त्यसपछि ० रनमा पेम चेदुपलाई बोल्ड आउट गरेका हुन् l यस अघि नन्दन यादबले नेपाललाई पहिलो विकेट दिलाएका थिए l
भुटानले ९ ओभरमा १७ रन बनाउदा ३ विकेट गुमाईसकेको छ l
यो खेलमा भुटान पराजित भए नेपाल सेमीफाइनल पुग्ने पक्का हुनेछ l
खेलको अपडेट यो लिंकमा :- http://bit.ly/2wW4MXP
स्कोरकार्ड : https://goo.gl/ritGjF