भुटानलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमीफाइनलमा

Nepal U19 Cricket Team
  • विकेटनेपाल, भदौ २८

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा भुटानलाई ९ विकेटको बिशाल अन्तरले पराजित गर्दै नेपालले प्रतियोगिताको सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

भुटानले टस जितेर ब्याटिंग गर्दै मात्र ५० रन बनाउन सकेपछि ५१ रनको लक्ष नेपालले लगातार २ खेल जित्दै सेमीफाइनलमा स्थान पक्का गरेको छ l नेपालले पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनले पराजित गरेको थियो ।

नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहबाट २ टिम र समुह ‘बि’ बाट २ टिम सेमीफाइनल पुग्नेछ । नेपालको समुहमा रहेको सिंगापुरले भुटान र थाईल्याण्डलाई पराजित गर्दै २ जित हात पारेको स्थितमा नेपाल र सिंगापुरको ४/४ अंक रहेको छ । नेपालले बिहिबार सिंगापुरको सामना गर्दैछ जुन खेल जिते नेपाल समुह बिजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ । सिंगापुर पनि सेमीफाइनल प्रवेश गरिसकेको छ र भोलिको खेलले समुह बिजेता र उपविजेता तय गर्नेछ l

५१ रन लक्ष नेपालले ८.३ ओभरमा १ विकेट गुमाई पुरा गर्यो । सन्दिप सुनार २१ रन बनाएर आउट भएपछि आसिफ शेखले अविजित २३ तथा अनिल शाहले ४ रन बनाउदै नेपाललाई जितसम्म पुर्याएका थिए । आसिफले २१ बलमा ३ चौका प्रहार गरे भने अनिलले ५ बलमा १ चौका प्रहार गरे ।

भुटानको लागि १ मात्र विकेट छिरिंग पेन्जोरले हात पारे । सन्दिप सुनारले २१ रन बनाउने क्रममा २६ बलमा ४ चौका प्रहार गरेका थिए ।

यस अघि टस हारेर बलिंग गरेको नेपालले भुटानलाई ५० रनमै अल आउट गरेको थियो ।

कप्तान दिपेन्द्र ऐरीले सर्बाधिक ५ तथा सन्दिप लामिछानेले ४ विकेट हात पारेपछि भुटान नेपाल सामु निरिह साबित भएको थियो ।

ऐरीले ८ ओभर बलिंग गर्दै २३ रन खर्चेर ५ विकेट हात पारे भने लामिछानेले ७ ओभरमा मात्र ७ रन खर्चदै ३ मेडन ओभर समेत फालेका थिए ।

भुटानको लागि टासी फुन्सोले सर्बाधिक १६ रन प्रहार गरेका थिए भने ओपनर उगेन दोर्जीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानको इनिंगमा मात्र २ चौका प्रहार भएको थियो ।

किनरारा मैदानमा भुटानले टस जितेर ब्याटिंग गरेको थियो जसपछि तेश्रो ओभरमा नन्दन यादबले पहिलो सफलता दिलाएसंगै लगातार विकेट गुमाएको थियो । नेपालले ९ रन अतिरिक्तको रुपमा खर्चेको थियो ।

नन्दन यादबले १ विकेट हात पार्दा रोहित पौडेल, बिक्रम भुसाल र पवन सर्राफ विकेट बिहिन भएका थिए ।

खेलको म्यान अफ द म्याच दिपेन्द्र एरि घोषित भए ।

नेपालले भोलि बिहिबार लिग चरणको अन्तिम खेलमा सिंगापुरको सामना गर्नेछ l खेल ७:१५ बजे नेपाली समयमा बिहान सुरु हुनेछ l विकेटनेपालमा प्रत्यक्ष अपडेट हुनेछ ।

जितपछि कप्तान दिपेन्द्र ऐरीसंग कुराकानी 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]