एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको फाइनल खेलमा नेपालले टस जितेर हंगकंगसंग फिल्डिंग गर्ने निर्णय गरेको छ l
फाइनल खेलको बिजेता टिम नोभेम्बरमा मलेसियामै आयोजना हुने एसियाली टेस्ट रास्ट्रहरु समेत खेल्ने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ l यस अघि नेपालले सेमीफाइनलमा मलेसियालाई १० विकेटले पराजित गरेको थियो भने हंगकंगले सिंगापुरलाई ७ विकेटले पराजित गरेको थियो l
हंगकंग समुह ‘बि’ मा अपराजित रहँदै सेमीफाइनल यात्रा गरेको टिम हो भने नेपालले पनि हालसम्म सबै खेल सजिलै जितेको छ । हंगकंगले समुह चरणमा चिनलाई ९ विकेटले, म्यानमारलाई ९ विकेटले तथा मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएको थियो ।
यता नेपालले समूह चरणमा थाईल्याण्डलाई २५५ रनले , भुटानलाई ९ विकेटले तथा सिंगापुरलाई ७ विकेटले पराजित गरेको थियो ।
खेलको स्कोर यो लिंकमा क्लिक हेर्नुहोला
अपडेट र फेसबुक लाइभको लागि विकेटनेपाल फेसबुक पेज हेर्नु होला ( क्लिक गर्नुस )