च्याम्पियन नेपाली टिम आज स्वदेश फर्कदै, दिपेन्द्र र सन्दिप भारत जाने

nepal u19 cricket team
  • विकेटनेपाल, २ असोज 

एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि जितेको नेपाली टिम सोमबार बेलुका स्वदेश फर्किनेछ । टिम ६:५५ बजे बेलुका हिमालय एअरलायन्सको बिमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन गर्नेछ ।

नेपाली टिमसंग कप्तान दिपेन्द्र ऐरी र सन्दिप लामिछाने भने फर्किनेछैनन् । दुवै खेलाडी मलेसियाबाटै भारततर्फ प्रस्थान गर्नेछ । आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैठौं चरणको हंगकंगसंगको खेलको तयारीको लागि नेपाली टिम भारतको चेन्नईमा रहेको छ  ।

नेपाली टिम आइतबार चेन्नई पुगीसकेको छ र  १९ सेप्टेम्बर मंगलबार पहिलो अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।

नेपालले एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि जित्न हंगकंगलाई फाइनलमा ५ विकेटले तथा सेमीफाइनलमा आयोजक मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।

प्रतियोगिता जित्दै नेपाली टिम  मलेसियामा नोभेम्बरमा आयोजना हुने यु-१९ एसिया कप खेल्न छनौट भएको छ।

यु-१९ एसिया कपमा एसियाली टेस्ट रास्ट्रहरु खेल्नेछन्। विकेटनेपाललाई प्राप्त जानकारी अनुसार प्रतियोगिता आयोजना गर्ने मलेसिया स्वतः प्रतियोगिता खेल्न छनौट हुनेछ । एसीसी यु-१९ पश्चिम क्षेत्र प्रतियोगिताको बिजेता टिमले पनि यु-१९ एसिया कपमा सहभागिता जनाउन पाउने छ।

नयाँ टेस्ट रास्ट्र अफगानिस्तान सहित कुल ८ टिम प्रतियोगितामा सहभागी हुने जानकारी विकेटनेपाललाई प्राप्त भए पनि एसियन क्रिकेट काउन्सिलले अधिकारीक रुपमा घोषणा भने गरेको छैन । २०१६ डिसेम्बरमा आयोजना भएको यु-१९ एसिया कपमा ८ टोलि सहभागी थिए ।

यो पनि पढ्नुस 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]