ललितपुरद्वारा पोखरा पराजित, ईलिमिनेटरमा पुनः भिड्ने

  • विकेटनेपाल, पौष ११ – मंगलबार

एभरेस्ट प्रिमियर लिग अनतर्गत लिग चरणको अन्तिम खेलमा ललितपुर प्याट्रीयट्सले पोखरा राइनोजलाई अन्तिम बलमा ६ विकेटले पराजित गरेको छ । यो  सँगै ५ खेलबाट समान ४ अंक बटुल्दै अंकतालिकामा तेस्रो र चौथो स्थानमा रहदै प्ले-अफको यात्रा गरेका छन् । दुवै टोलि भोलि हुने ईलिमिनेटरमा एक अर्का बिरुद्द पुनः प्रतिस्पर्धा गर्ने छन् ।

|| स्कोरकार्ड ||

यसअघि बिराटनगरले लिग चरणका सम्पूर्ण खेलहरु जित्दै तथा भैरहवाले एक खेलमात्र हार्दै प्ले-अफमा आफ्नो स्थान सुरक्षित गरेका छन्। पहिलो क्वालिफायर भैरहवा र बिराटनगरबीच भोलि बिहान हुनेछ।

आज भएको दोश्रो खेलमा ललितपुर प्याट्रीयट्सले पोखरा राइनोज दिएको १३३ रनको लक्ष्य मात्र ४ विकेट गुमाएर अन्तिम बलमा पुरा गरेको थियो । उसका लागि   जयकिशन कोल्सावालाले अर्धशतक प्रहार गर्ने क्रममा ५६ रन बनाए । ४५ बल खेलेका उनले ३ छक्का र ४ चौका प्रहार गर्दै पहिलो विकेटको लागि शंकर रानासँग मिलेर ८४ रनको साझेदारी गरे । शंकर रानाले ३५ रन बनाउन ३९ बलमा ५ चौका प्रहार गरे ।

कोल्सावाला र शंकर रानाले पहिलो विकेटको लागि ८४ रनको साझेदारी गरेका थिए

त्यसपछि आएका कुशल भुर्तेलले ४ बलमा १ चौका सहित मात्र ५ रन बनाउदै पेभेलियनको यात्रा गरे । दिपेश भण्डारीले पनि १४ बलमा ८ रन मात्र बनाउन सके । कप्तान ज्ञानेन्द्र मल्ल १७ बलमा २७ रन मा अविजित रहे, उनले जितका लागि अन्तिम बलमा एक रन आबश्यक रहेको अवस्थामा छक्का प्रहार गर्दै खेल जिताए ।

पोखराको लागि बलिंगतर्फ इस्रार उल्लाहले २६ रन खर्चेर २ विकेट लिदा शक्ति गौचन र सुशन भारीले १/१ विकेट लिए ।

म्यान अफ द म्याच जयकिशन कोल्सावालाले अर्धशतक प्रहार गरेका थिए

यसअघि पहिले ब्याटिंग गरेको पोखराले ओपनर सुनिल धमलाले अविजित ७० रनको पारि खेलेपछि २० ओभरमा ५ विकेट गुमाएर १३२ रनको योगफल तयार पारेको थियो । धमलाले नेपाली ब्याट्सम्यानको प्रतियोगितामा सर्बाधिक रन बनाउने क्रममा ६२ बलमा ५ छक्का र २ चौका प्रहार गरे । त्यस्तै राजेश पुलामी मगरले ३१ रन बनाउन ३२ बलमा १ छक्क र २ चौका प्रहार गर्दा बिनोद भण्डारीले पनि १२ रन बनाउन ७ बलमा २ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन नसकेको अवस्थामा १० रन अतिरिक्त पायो ।

बलिंगतर्फ ललितपुरका लागि दिपेश भण्डारी, रसिद खान, ललित राजबंशी र सन्दिप लामिछानेले समान १/१ विकेट हातपारे ।

अर्धसतक प्रहार गर्दै ललितपुरलाई राम्रो सुरुवात दिलाएका जयकिशन कोल्सावाला म्यान अफ द म्याच घोषित भए ।

राजेश पुलामी र सुनिल धमलाले अर्धशतक साझेदारी गरेका थिए

नेपाली क्रिकेटको लागि खेलाडी, प्रशिक्षक तथा अम्पायरको रुपमा लामो समयदेखि योगदान दिएका श्रीष उपाध्यायलाई नगद रु २५,००० र मायाको चिनोले सम्मान गर्दै लाइफ टाइम अचिभमेन्ट अवार्डले प्रदान गरिएको छ ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]