रुपन्देही सुपर लिग: साहव आलमको ७ विकेटमा लुम्बिनी खुकुरीलाई उपाधी

  • विकेटनेपाल, फाल्गुन २६ – शनिबार

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवाले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवालाई १ सय ९२ रनको फराकिलो अन्तरले हराउँदै खुकुरीले उपाधि हात पारेको हो । जितसँगै खुकुरीले नगद ७० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेता शिवशक्तिले नगद ३५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो ।

स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला व्याटिङ गरेको खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४९ ओभर ४ बलमा सबै विकेट गुमाई २ सय ९० रनको योगफल बनाएको थियो । उसका लागि प्रज्वल थापाले सर्वाधिक ६९, अन्तिम थापाले ६५ तथा प्रकाश जैशीले ४३ रन बनाए । बलिङमा शिवशक्तिका कृष्ण कार्की, विष्णु कटरिया र हरजित सिंहले समान २/२ विकेट लिए।

शाहब आलम

प्रतिउत्तरमा २ सय ९१ रनको लक्ष्य पाएको शिवशक्तिले २७ ओभर २ बलमा सबै विकेट गुमाई जम्मा ९८ रनमै समेटियो । उसका लागि हरजित सिंहले २५ तथा प्रथम पराजुलीले २० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न नसक्दा टिमले उपाधि गुमाउन पुग्यो । उसलाई सस्तैमा समेट्ने क्रममा म्यान अफ द फाइनल समेत रहेका साहव आलमले २१ रन खर्चेर ७ विकेट लिए । यस्तै मानबहादुर थापाले २ विकेट लिए ।

प्रतियोगितामा शिवशक्ति क्रिकेट क्लबका कृष्ण कार्की म्यान अफ द सिरिज घोषित भए । उनले नगद १० हजार र ट्रफी हात पारे । होराइजनका नूरध्वज सेन बेष्ट ब्याट्स म्यान तथा होराइजनकै शुसान भारी बेष्ट बलर घोषित भए । उनीहरुले समान ५/५ हजार र ट्रफी हात पारे । विजेता खेलाडीहरुलाई प्रदेश नम्बर पाँचका सदस्य सन्तोष पाण्डेय, क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल तथा खेल संयोजक विनय ज्ञवालीले पुरस्कार प्रदान गरेका थिए ।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]