गेलको कीर्तिमानी शतक बनाउदा हैदराबादको पहिलो हार

२०७५ बैशाख ७, शुक्रबार ०६:५६

  • विकेटनेपाल, बैशाख ७ – शुक्रबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गए राती भएको खेलमा क्रिस गेलले कीर्तिमानी शतक प्रहार गरेपछि किंग्स इलाभेन पन्जाबले सनराइजर्स हैदराबादलाई १५ रनले पराजित गर्यो। प्रतियोगितामा हैदराबादको पहिलो हारपछी अंकतालिकामा भने कुनै परिवर्तन आएको छैन।

कोलकाता ५ खेलमा ३ जित र २ हार सहित ६ अंक बटुली शिर्ष स्थानमा रहेको छ भने हैदरावादले ४ खेलमा ३ जित र १ हार बेहोर्दै ६ नै अंक बटुले पनि नेट रन रेटका आधारमा दोश्रो तथा किंग्स ११ पन्जाब पनि ४ खेलमा ३ जित र १ हार सहित नेट-रन रेटका आधारमा तेश्रो स्थानमा रहेको छ। चेन्नाई चौथो, राजस्थान पाँचौ, मुम्बई छैठौ तथा रोयल च्यालेन्जर्स सातौ र दिल्ली आठौं स्थानमा रहेको छ।

मोहालीमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९३ रन बनाएको थियो । उसका लागि खतरनाक ब्याट्सम्यान क्रिस गेलले आइपिएलमा व्यक्तिगत छैठौं शतक प्रहार गर्नेक्रममा ६३ बलमा १ चौका र ११ छक्का सहित अविजित १०४ रनको पारि खेले। उनलाई नितिश रानाले २१ बलमा ३ चौका र १ छक्का सहित ३१ रन बनाएर साथ दिए।

क्रिस गेलले राशिद खानको एकै ओभरमा लगातार ४ छक्का प्रहार गरेपछि खानको आइपिएल इतिहासकै सबैभन्दा खराब बलिंग रह्यो जसमा उनले १ विकेट लिन ५५ रन खर्चे भने भुवनेश्वर कुमारले मात्र २५ रन खर्चेर १ विकेट तथा सिद्धार्थ कौलले पनि ३३ रन खर्चेर १ विकेट लिए ।

जवाफमा उत्रेको हैदराबादले मनिष पाण्डेको अविजित ५७ रन तथा केन विलियम्सनको ५४ रनको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएपनि खेलमा पराजित हुन पुग्यो । पाण्डेले ४२ बलमा ३ चौका र १ छक्का तथा विलियम्सनले ४१ बलमा ३ चौका  र १ छक्का प्रहार गरेका थिए । त्यस्तै साकिब अल हसनले १२ बलमा १ चौका र २ छक्का सहित अविजित २४ रन बनाएका थिए ।

बलिंगतर्फ एन्ड्रीउ टाईले उत्कृस्ट बलिंग गर्दै मात्र २३ रन खर्चेर २ विकेट तथा मोहित शर्माले महँगो साबित हुँदै ५१ रन खर्चिएपनि महत्त्वपुर्ण २ विकेट लिएका थिए । आफ्नो आइपिएल इतिहासको छैठौ तथा आफ्नो टी-२० करियरको २१ औं शतक प्रहार गरेका क्रिस गेल म्यान अफ द म्याच घोषित भए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy