मेहबुबको त्यो १० विकेट: १० बर्षपछि फर्केर हेर्दा

mehaboob alam
  • विकेटनेपाल, बैशाख ११ – शुक्रबार

मेहबुब आलम लिमिटेड ओभरको क्रिकेटको एकै इनिंगमा १० विकेट लिने विश्वकै पहिलो बलर हुन् । उनले सन् २००८ मे २५ अर्थात अंग्रेजी मिति आजकै दिन विश्व क्रिकेट लिग डिभिजन ५ को खेलमा मोजाम्बिक बिरुद्द यस्तो किर्तिमान रचेका हुन् ।

प्रतियोगितामा २४ मे मा हुनुपर्ने खेल बर्षाको कारणले २५ मे मा हुन पुग्यो जहाँ आलमले कीर्तिमानी बलिंग गर्दै विश्व क्रिकेटमा तहल्का मच्चाएका थिए । उक्त ऐतिहासिक समयको १० वर्षपछी उनको किर्तिमानलाई फर्केर हेर्दा:

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले ज्ञानेन्द्र मल्लको ७१ रन र पारस खड्काको ४४ रनको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३८ रन बनाएको थियो । मोजाम्बिकका लागि आसिफ कोलियाले ३ विकेट लिन ४९ रन खर्चिएका थिए । (स्कोरकार्ड)

Mehboob Alam bowling

जवाफमा लक्ष्य पछ्याएको मोजाम्बिक मेहबुब आलमको कीर्तिमानी १० विकेटसंगै १४.५ ओभरमा मात्र १९ रनमा समेटियो र २१९ रनको बिशाल अन्तरले पराजित भयो । मोजाम्बिकको पारिलाई ध्वस्त पार्नेक्रममा आलमले मात्र ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेका थिए ।

मोजाम्बिकका कालील शाहले ९ रन, शोईब युनिसले २ रन बनाउँदा ८ रन अतिरिक्त पाएको थियो भने ७ ब्याट्सम्यान डक तथा २ ब्याट्सम्यान गोल्डेन डकको सिकार भएका थिए ।





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]