नेपाली क्रिकेटको अबकाे यात्रा एनपिएल

सन् १९९६ मा मलेसियासँग खेल्दै नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्राको सुरुवात गरेको थियो । नेपाली क्रिकेट धेरै आरोह अवरोह पार गर्दै सन् २०२४ सम्म आईपुगेको छ । यसैबीच गत साता नेपाली क्रिकेटको यात्रामा थपिएको छ नेपाल प्रिमियर लिग(एनपिएल) ।

नेपाल क्रिकेट संघ(क्यान) को नयाँ कार्यसमिती आएको लगभग १ वर्ष हुन लागेको छ । यो कार्यसमितीको पहिलो निर्णय नै क्यानले नै एउटा फ्रेन्चाइज लिगको आयोजना गर्ने थियो । त्यो निर्णय कार्यान्वयनको यात्रा गत साता लिगको लोगो अनावरणसँगै भएको छ । लोगो अनावरण कार्यक्रममा नै क्यानले लिगको पहिलो संस्करणको मिती समेत घोषणा गरेको छ । लिगको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ५ गतेसम्म हुनेछ ।

लिगको पहिलो संस्करणमा सहभागी हुने टोली र त्यसको मालिक छनोटमा क्यान लागि रहेको छ । यस सम्बन्धि जानकारी केही दिनमा नै थाहा हुनेछ । क्रिकेट विकासको प्रमुख विषय भनेको घरेलु संरचना नै हो । जुन देशको घरेलु खेल संरचना राम्रो हुन्छ त्यस देशको क्रिकेट त्यती नै राम्रो र स्तरिय देखिन्छ । घरेलु खेलको विकास गर्नका लागि बोर्डलाई रकमको जरुरत हुन्छ । यस्ता जरुरत बोर्डले आयोजना गर्ने लिगबाट नै यथेस्ट प्राप्त हुन्छ ।

उदाहरणका लागि धेरै टाढा जान जरुरत नै छैन । भारतमा सन् २००८ बाट सुरु भएको इन्डियन प्रिमियर लिग९आईपिएल० लाई नै लिन सकिन्छ । सन् २००८ अघि क्रिकेट मैदान तथा मैदान बाहिर सङ्घर्ष गरिरहेका खेलाडीको स्तर कहाँबाट कहाँ पुगेको छ । यो सब आईपिएलमा आएको लगानी नै हो । आईपिएलमा लगानी आउनु भनेको भारतको क्रिकेट बोर्ड बिसिसीआईको आम्दानी बढ्नु हो । जब बोर्डको आम्दानी बढ्छ त्यहाँको घरेलु क्रिकेटमा लगानी बढ्न थाल्छ र अन्तत त्यसले राष्ट्रिय टिमको नतिजामा फरक पर्न जान्छ ।

एसोसिएटमा नम्बर वान बनाउँने अबसर

क्यान नेपाली क्रिकेटको केही वर्षमा एसोसिएटमा नम्बर वान बनाउँने लक्ष्यमा रहेको छ । राष्ट्रिय टिम मात्र नभई एनपिएललाई पनि एसोसियटको नम्बर वान लिग बनाउँन सकिन्छ । यसको प्रमुख आधार समर्थक हुन् । अहिलेको सन्दर्भमा समर्थकको मामलामा नेपाल एसोसिएटमा त पहिलो नम्बरमा छ नै केही फुल मेम्बर राष्ट्रलाई पनि पछि पार्न सक्षम छ । जब समर्थकको हरेक स्थानमा बढोत्तरी रहन्छ लगानीकर्ताको ध्यान पनि तानिन्छ । आईपिएल सफलताको बिन्दुमा पुग्नु पनि त्यही नै कारण हो ।

नेपालको समर्थकको कारण नै नेपालमा ठूला ठूला नामका खेलाडीलाई ल्याउन सहज हुन्छ ।

एसोसिएट राष्ट्रमा केही बाहेक बोर्ड मार्फत नै आयोजना हुने लिग कमै छन् । सफलताको तबरमा त अमेरिका र युएईमा भईरहेका लिग बाहेक अन्य देशका लिग शुन्य नै छन् भन्दा पनि फरक नपर्ला । यसर्थ एनपिएलले एसोसिएटमा शीर्ष स्थान लिन सक्ने ठूलो अवसर रहेको छ ।

विगतबाट पाठ सिक्न जरुरी

दुई बर्ष अघि तत्कालिन क्यानले आफैले क्रिकेट लिग आयोजना गर्ने भनेर अगाडी आयो । पटक पटक मिती सरेर आयोजना भएको लिग आयोजना जिम्मेवारी पाएको भारतीय कम्पनी लिगको बीचमा नै भागेपछि पारिश्रमिक नपाएको भन्दै खेलाडीहरुले खेल बहिस्कार गर्नेसम्मको स्थिती आयो । यस पटक यस्ता समस्या नदोहोरियोस् भनेर क्यान नेतृत्व सजक हुनु पर्ने छ ।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]