प्रतिस्पर्धात्मक खेलमा नेदरल्याण्डद्वारा मलेसिया १५ रनले पराजित

२०७८ बैशाख ५, आईतवार १५:४०

Max O'Dowd

नेपालमा जारि त्रिदेशीय टि-ट्वान्टी सिरिज अन्तर्गत दोश्रो खेलमा नेदरल्याण्डले प्रतिस्पर्धात्मक खेलमा मलेसियालाई १५ रनले पराजित गरेको छ।

नेदरल्याण्डले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १७६ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा मलेसियाको सुरुवात खराब रह्यो। ओपनर सयद अजिज ७ रन, अनवर अरुदीन ६ रन तथा कप्तान एहमद फैज खाता नखोली आउट भए।

तेश्रो विकेटको लागि भिरनदिप सिंहले शर्भिन मुनिएन्डीसंग ५८ रन जोडे। २८ रन बनाएकामुनिएन्डी नवौं ओभरमा बोसेभेनबाट क्याच आउट भए। लगत्तै ओभरमा खाता नखोली शफिक शरिफलाई कप्तान पिटर सिलरले क्याच आउट गराए।

त्यसपछि क्रिजमा आएका अमिनुद्दीन रामलेले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २६ रन बनाए। १४ औं ओभरमा रामलेलै डी लिडेले क्याच आउट गराएर नेदरल्याण्डलाई खेलमा हावी गराए।

भीरनदिप सिंहले उत्कृस्ट इनिंग्स खेलेता पनि मलेसियाको जितको लागि पर्याप्त भएन

त्यसपछि भिरनदिप सिंहले एक किनार सम्हालेर आक्रामक सटहरु खेले र टिमलाई जितको आशा दिलाए। जितको लागि २३ रन बाँकी रहेको अवस्थामा भिरनदिपलाई १९ औं ओभरको चौथो बलमा सेबास्टिएन ब्राटले क्याच आउट गराए। त्यसअघि सिंहले ८७ रन बनाए जुन क्रममा ५३ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। मलेसियन ब्याट्सम्यानले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक व्यक्तिगत रन समेत हो।

भीरनदिपको विकेट पछि अन्तिम ओभरमा मलेसियालाई जित्न २३ रन आवस्यक रहेको थियो जसमा मलेसियाले ७ रन मात्र बनाउन सक्यो।

नेदरल्याण्डको बलिंगमा बास डी लिडे ( २-०-१५-२ ) , सेवास्टिएन ब्राट ( ४-०-५०-२ ) र आर्यन दत्त ( २-०-१४-२ ) ले समान २ विकेट लिए। पिटर सिलर र फिलिप बोसेभेनले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको नेदरल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९१ रन बनाएको थियो।

ओपनर टोबेस भाइस १ रन बनाएर तेश्रो ओभरमा पवनदिप सिंहबाट बोल्ड भएपछि अर्का ओपनर म्याक्स ओ’डोडले एक किनार सम्हालेर ब्याटिंग गरे। ओ’डोडले दोश्रो विकेटको लागि स्कट एड्वार्ड्ससंग ४९ रनको साझेदारी गरे। २३ बलमा ३ चौका र १ छक्का मद्दतले ३१ रन बनाएका एड्वार्ड्सलाई नवौं ओभरमा अनवर रहमानले एलबिडब्लु आउट गरे।

ओ’डोडले त्यसपछि आक्रामक ब्याटिंग गर्दै तेश्रो विकेटको लागि बेन कुपरसंग उत्कृस्ट साझेदारी गर्दै नेदरल्याण्डको योगफल १५० पार गराए। सोहि क्रममा उनले व्यक्तिगत पहिलो टि-२० अन्तर्राष्ट्रिय शतक समेत पुरा गरे। तेश्रो विकेटको लागि ओ’डोड र कुपर बीच अविजित १२५ रनको साझेदारी भयो।

म्याक्स ओ’ डोडले अविजित १३३ रन बनाए जुन क्रममा मात्र ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गरे। कुपरले अविजित २० रन बनाए।

म्याक्स ओ’ डोडको शतक नेदरल्याण्डको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमानै पहिलो शतक हो। यस अघि पिटर सिलरले बनाएको ९६ रन नेदरल्याण्डको उच्च व्यक्तिगत स्कोर थियो।

मलेसियाको बलिंगमा पवनदिप सिंह र अनवर रहमानले समान १ विकेट लिए।

सिरिज अन्तर्गत नेपालले दोश्रो खेल सोमबार मलेसियासंग खेल्ने तालिका रहेको छ।

धेरैले पढेको 

https://wicketnepal.com/dutch-captain-le-gare-tarif-wn21/

https://wicketnepal.com/kushal-aasif-world-record-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy