रोहित र अक्षर चम्किंदा न्युजिल्यान्ड बिरुद्ध भारतको सिरिज क्लिन स्विप

तेश्रो खेलमा भ्रमण टोलि न्युजिल्यान्डलाई ७३ रनको विशाल पराजित गर्दै भारतले तिन खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गरेको छ।

७३ रनको जित न्युजिल्यान्ड बिरुद्ध भारतको इतिहासकै सबैभन्दा ठूलो रन अन्तरको जित हो। न्युजिल्यान्ड बिरुद्ध यस अघि भारतको विशाल जित ५३ रनको जित थियो। यस्तै यो जित भारतको टि-२० अन्तर्राष्ट्रियमा आठौँ ठूलो रन अन्तरको जित हो।

कोलकाता स्थित इडन गार्डेन्स स्टेडियममा सम्पन्न खेलमा भारतले दिएको १८५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७.२ ओभरमा १११ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। न्युजिल्यान्डको लागि ओपनर मार्टिन गप्टिलले सर्वाधिक ५१ रन बनाए जुन क्रममा ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। टिम सेफर्टले १७ तथा लकी फर्गुसनले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। गप्टिल र सेफर्ट बीच चौंथो विकेटको लागि भएको ३९ रनको साझेदारी न्युजिल्यान्डको इनिंग्सको सर्वाधिक साझेदारी रह्यो।

भारतको बलिंगमा अक्षर पटेलले ३ विकेट ( ३-०-९-३ ), हर्षल पटेलले २ विकेट ( ३-०-२६-२ ) तथा दिपक चाहर ( २.२-०-२६-१ ), युजभेन्द्र चहल ( ४-०-२६-१ ) र भेंकटेस ऐयरले ( ३-०-१२-१ ) समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १८४ रन बनाएको थियो।

भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ५६ रन बनाए जुन क्रममा ३१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै इशान किशनले २९, श्रेयस ऐयरले २५, दिपक चाहरले अविजित २१, भेंकटेस ऐयरले २०, हर्षल पटेलले १८ रन बनाए।

कप्तान रोहित र इशानले ६९ रनको ओपनिंग साझेदारी गरेता पनि सातौँ ओभरमा किशन आउट भएपछि भारतले नियमित अन्तरलमा विकेट गुमायो। एक किनार सम्हालेका रोहित बाह्रौं ओभरमा आउट भएपछि मध्यक्रममा श्रेयस ऐयर र भेंकटेस ऐयरले तथा अन्तिममा हर्षल पटेल र दिपक चाहरले महत्वपूर्ण योगदान दिंदै टिमलाई राम्रो योगफलतर्फ डोर्याए।

न्युजिल्यान्डका बलर मिचेल स्यान्टनरले सर्वाधिक ३ विकेट ( ४-०-२७-३ ) लिए। यस्तै एडम मिल्ने ( ४-०-३१-१ ), लकी फर्गुसन ( ४-०-४५-१ ), ट्रेन्ट बोल्ट ( ४-०-३१-१ ) , इश सोढी ( ४-०-३१-१ ) ले समान एक विकेट लिए।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल भारतले क्रमशः ५ विकेट र ७ विकेटले जितेको थियो।

दुई देश बीच नोभेम्बर २५ तारिख देखि दुई वटा टेस्टको सिरिज सुरु हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]