U19 Asia Cup : राम्रो ब्याटिंगका बाबजुद श्रीलंकासंग नेपाल पराजित

राम्रो ब्याटिंगका बाबजुद श्रीलंकासंग ६० रनले पराजित हुँदै नेपाली अन्डर-१९ टिम युएईमा जारि यु-१९ एसिया कपको पहिलो चरणबाट बाहिर भएको छ। बंगलादेश र श्रीलंका समुह ‘बि’ बाट सेमीफाइनल पुग्दा नेपाल र कुवेत बाहिर भयो।

शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा श्रीलंकाले दिएको ३२३ रनको लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा २६२ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर सन्तोष कार्की र देव खनालले ५९ रनको साझेदारी गरे। एघारौं ओभरमा सन्तोश आउट भएपछि नेपालले लगातार अन्तरलमा विकेट गुमायो। रभीन डी सिल्भाले देव खनाल, बसन्त कार्की र बिबेक राना मगरलाई पेभेलियन फर्काए। ९२/४ को अवस्थाबाट अर्जुन साउदले बसिर एहमदसंग ७५ रनको साझेदारी गरे। ३७ औं बसिर आउट भएपछि बिबेक यादवले आक्रामक ब्याटिंग गरे। यादवले आक्रामक ब्याटिंग गरेता पनि अर्को किनारमा विकेट जाने क्रम रोकिएन। ४७ औं ओभरमा यादव रन आउट हुन पुगे।

नेपालको ब्याटिंगमा अर्जुन साउदले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ८० बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै विवेक यादवले २९ बलमा ३ चौका र ३ छक्का मद्दतले ४६ रन तथा बसिर एहमदले ५१ बलमा ३ चौका र २ छक्का मद्दतले ४३ रन बनाए। सन्तोश कार्कीले ३४ तथा देव खनालले २८ रन बनाए। श्रीलंकाको बलिंगमा रभीन डी सिल्भा र मथिसा पाथीरानाले समान तिन विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट क्षेतीमा ३२२ रन बनाएको थियो।

श्रीलंकाको ब्याटिंगमा ओपनर चमिदु विक्रमासिंगे र सदिशा राजापक्षले शतकीय योगदान दिए। राजापक्षले ११९ बलमा ११ चौका र २ छक्का मद्दतले १३१ रन तथा विक्रमासिंगेले १२६ बलमा ८ चौका र २ छक्का मद्दतले १११ रन बनाए । दोश्रो विकेटको लागि राजापक्ष र विक्रमासिंगेले २२३ रनको साझेदारी गरे। दुनिथ नेथामिकाले ३४ तथा शेभोन ड्यानियलले १७ रन योगदान दिए।

नेपालको बलिंगमा आदील अन्सारीले २ ( ९-०-४६-२ ) , देभ खनाल ( ९-१-५५-१ ) र बिबेक यादवले ( ७-०-६५-१ ) ले समान एक विकेट लिए।

नेपालले अन्तिम खेल कुवेतसंग डिसेम्बर २८ तारिखमा खेल्नेछ।





थप समाचार

दिल्लीमाथि कोलकाताको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्समाथि सहज जित हात पारेको छ […]

कोलकाताले दिल्लीबाट पायो १५४ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्सबाट १ सय ५४ रनको लक्ष्य […]

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]