काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्सबाट १ सय ५४ रनको लक्ष्य पाएको छ ।
कोलकाताको घरेलु मैदान इडन ग्राडेन क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन बनायो ।
दिल्लीका लागि कुलपि यादवले २६ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३४ रन बनाए । कप्तान रिषभ पन्तले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । अभिषेक पोरेलले १५ बलमा १८ तथा अक्षर पटेलले २१ बलमा १५ रन बनाए ।
कोलकाताका लागि वरुण चक्रवर्तीले तीन तथा हर्षित राना र बैभब अरोराले समान दुई दुई विकेट लिए ।
