काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ।
आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच हैदरावादमा हुनेछ। यो खेल नेपाली समयअनुसार अपराहन्न ३: ४५ बजेदेखि सुरु हुँदैछ।
गत सिजनमा उपविजेता भएको सनराइजर्सले पछिल्लो पटक २०१६ मा उपाधि जितेको थियो। त्यस्तै राजस्थान रोयल्सले पहिलो सिजन २००८ जितेपछि अहिलेसम्म उपाधि जित्न सकेको छैन।
हालसम्म दुवैबीच आईपीएलमा २० खेल भएका छन्। जसमा सनराइजर्सले ११ खेल जितेको छ भने राजस्थानले ९ खेल जितेको छ।
त्यसैगरी आज दोस्रो खेल चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच चेन्नईमा हुँदैछ। नेपाली समयअनुसार याे खेल बेलुका ७:४५ बजेदेखि सुरु हुनेछ।
गत सिजनमा चेन्नई पाँचौं स्थानमा रहेको थियो भने मुम्बई पुछारमा रहेको थियो।
यसअघि ५-५ पटक उपाधि जितेका चेन्नई र मुम्बईबीचको खेल विशेष हुने गर्दछ। दुवैबीच अहिलेसम्म ३७ खेल खेलेका छन्। जसमा मुम्बईले २० र चेन्नईले १७ खेल जितेको छ।
यसअघि शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ।