आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

२०८१ चैत्र ८, शनिबार ०८:३५

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ।

उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै छन्। पहिलो खेलमा साविक विजेता कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुँदै छ। यो खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेदेखि शुरु हुँदै छ।

यस सिजनमा १० टाेली खेल्दै छन्। गत डिसेम्बरमा मेगा अक्सनपछि यस सिजनमा केहि हाई प्रोफाइल खेलाडीको फ्रेन्चाइजी परिवर्तन भएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy