बैंगलुरुको विजयी सुरुआत

२०८१ चैत्र ८, शनिबार २३:१४

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ।

शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै विजयी सुरुआत गरेको हो।

कोलकाताले जितका लागि १७५ रनकाे लक्षय दिएकाे थियो। बैंगलुरुले १६.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्यौं।

बेंगलुरुको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक ५९ रन जोडे। उनले ३६ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे।

पहिलो विकेटका लागि विराटले ओपनर फिल साल्टसँग मिलेर ९५ रनको साझेदारी गरेका थिए। साल्ट ३१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ५६ रन जोड्दै आउट भए। कप्तान रजत पाटीदार १६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३४ रनमा आउट भए।

देवदत्त पटिकल १० रनमा आउट हुँदा लियम लिभिङ्गस्टोन ५ बलमा १५ रनमा अविजित रहे। कोलकाताका लागि बैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणको नाममा समान १ विकेट रह्यो।

त्यसअघि इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रनको योगफल तयार गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy