बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ।

शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै विजयी सुरुआत गरेको हो।

कोलकाताले जितका लागि १७५ रनकाे लक्षय दिएकाे थियो। बैंगलुरुले १६.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्यौं।

बेंगलुरुको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक ५९ रन जोडे। उनले ३६ बलको सामना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे।

पहिलो विकेटका लागि विराटले ओपनर फिल साल्टसँग मिलेर ९५ रनको साझेदारी गरेका थिए। साल्ट ३१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ५६ रन जोड्दै आउट भए। कप्तान रजत पाटीदार १६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३४ रनमा आउट भए।

देवदत्त पटिकल १० रनमा आउट हुँदा लियम लिभिङ्गस्टोन ५ बलमा १५ रनमा अविजित रहे। कोलकाताका लागि बैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणको नाममा समान १ विकेट रह्यो।

त्यसअघि इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रनको योगफल तयार गरेको थियो।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]