कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय दिएकाे छ।

कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको कोलकोताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर बैंगलुरुविरुद्ध १७४ रन बनाएको हो।

उसका लागि कप्तान अजिंक्य रहानेले ५६ रनको अर्धशतकीय परि खेले। यस्तै सुनिल नारायणले ४४ रन बनाउँदा ओपनर क्विन्टन डी कक चार रनमा आउट एका थिए।

चार रन बनाउँदा क्विन्टन डी कक गुमाएको कोलकोताको लागि सुनिल नारेन र अजिंक्य रहानेले १०३ रनको शतकीय साझेदारी गरे। रिंकु सिंहले १२ रन बनाउँदा अंगक्रिस रघुवंशीले ३० रन बनाए।

यता, बलिङतर्फ बैंगलुरुका लागि कुनाल पाण्ड्यले तीन विकेट हात पार्दा जोश हेजलवुड दुई विकेट लिए। रसिक सलाम, यश दयाल र सुयश शर्माले समान एक विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy