विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

२०८१ बैशाख १७, सोमबार ०८:५४

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ ।

सोमबार केन विलियम्सको कप्तानीमा १५ सदस्यीय न्युजिल्यान्डको टोली घोषणा भएको हो । टोलीमा रहेका बलर म्याट हेनरी र ब्याटिंग अलराउण्डर रचिन रविन्द्र मात्र आइसिसी टी–२० विश्वकपको अनुभव नभएका खेलाडीमध्ये हुन् ।

विश्वकपमा न्युजिल्यान्ड समूह सि मा रहेको छ । समूह सी मा न्युजिल्यान्डका अलावा आयोजक वेस्ट इन्डिज, अफगानीस्तान, पपुवा न्यु गिनी, युगान्डा छन् । ७ जुनमा अफगानीस्तानसँग खेल्दै न्युजिल्यान्डले विश्वकपको सुरुआत गर्नेछ ।

न्युजिल्यान्ड टिम

केन विलियम्सन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कन्बे, लोकी फर्गुसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी निशाम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोढ़ी, टिम साउथी

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy