विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ ।

सोमबार केन विलियम्सको कप्तानीमा १५ सदस्यीय न्युजिल्यान्डको टोली घोषणा भएको हो । टोलीमा रहेका बलर म्याट हेनरी र ब्याटिंग अलराउण्डर रचिन रविन्द्र मात्र आइसिसी टी–२० विश्वकपको अनुभव नभएका खेलाडीमध्ये हुन् ।

विश्वकपमा न्युजिल्यान्ड समूह सि मा रहेको छ । समूह सी मा न्युजिल्यान्डका अलावा आयोजक वेस्ट इन्डिज, अफगानीस्तान, पपुवा न्यु गिनी, युगान्डा छन् । ७ जुनमा अफगानीस्तानसँग खेल्दै न्युजिल्यान्डले विश्वकपको सुरुआत गर्नेछ ।

न्युजिल्यान्ड टिम

केन विलियम्सन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कन्बे, लोकी फर्गुसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी निशाम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोढ़ी, टिम साउथी

 





थप समाचार

ललितपुरलाई हराउँदै एपीएफ एक खेल अगाबै फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । एक खेल अगाबै फाइनल […]

विश्वकपमा नेपालको ऐतिहासिक पलहरु

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ । […]

लखनाउमाथि दिल्लीको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ६४ औं खेलमा लखनाउ सुपर जायन्ट्समाथि दिल्ली क्यापिटल्स विजयी भएको […]

दीपेन्द्रको सानदार ब्याटिङमा नेपालको जित

काठमाडौं । अलराउन्डर दीपेन्द्र सिंह ऐरीको सानदार फिनिसको सहयोगमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले […]

नेपालले पायो १९७ रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सबाट १ सय ९७ रनको लक्ष्य पाएको छ । […]

नेपाल बलिङ गर्दै, कुशल बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालका कप्तान […]