राजन र सुदांशु चम्किंदा कैलाली विजयी

माघ,१९,धनगढी।

चटकपुर स्पोर्टस क्लव नेपालको आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा आजदेखि सुरु भएको पहिलो ३ खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा राजन सिंह र युवा ब्याट्सम्यान सुदांशु रावल चम्किदा कैलाली जिल्ला क्रिकेट क्लव विजयी हुँदै सिरिजको १-० ले अग्रता लिन सफल भएको छ।

चटकपुर स्पोर्टस क्लव नेपाल र कैलाली जिल्ला क्रिकेट क्लवबीचको ३ खेलको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो एकदिवसीय खेलमा चटकपुर स्पोर्टस क्लव नेपालले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो। फलस्वरूप,चटकपुर स्पोर्टस क्लव नेपालले निर्धारित ५० ओभरको खेलमा ३६.३ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र १७२ रन बनाउनसक्यो।ब्याटिङतर्फ चटकपुर स्पोर्टस क्लव नेपालका लागि आयुव चन्दले ६० बलमा सर्वाधिक ५२ रनको महत्त्वपूर्ण अर्धशतकिय पारी खेल्दा आयुश खड्का ५४ बलमा ४६ रन र राजु रिजालले २० बलमा २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर छुन सकेनन्। बलिङतर्फ कैलाली जिल्ला क्रीकेट क्लवका लागि धर्मराज जोशीले ५ ओभरमा ४० रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा गोविन्द बिष्टले ५ ओभरमा २० रन खर्चँदा अर्का बलर शेर मल्लले ८ ओभरमा २८ रन खर्चंदै समान २/२ विकेट लिन सफल भए।

१७३ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कैलाली जिल्ला क्रीकेट क्लवले निर्धारित ५० ओभरको खेलमा ३४.३ ओभर खेल्दै ३ विकेटको क्षति १७३ रन बनाउदै रोमाञ्चक ७ विकेटको जित आफ्नो नाममा दर्ता गराउदै ३ खेलको एकदिवसीय सिरिजमा १-० ले अग्रता लिन पनि सफल भएको छ।ब्याटिङतर्फ कैलाली जिल्ला क्रीकेट क्लवका लागि राजन सिंहले ८१ बलमा सर्वाधिक ७५ रनको महत्त्वपूर्ण अर्धशतकिय पारी खेल्न सफल हुँदा डबल ऐर ४६ बलमा ४० रन,दिपक टमटा १४ बलमा आक्रामक २४ रन तथा सुदांशु रावलले ५४ बलमा महत्त्वपूर्ण १८ अविजित रन बनाउन सफल भए।बलिङतर्फ चटकपुर स्पोर्टस क्लव नेपालका लागि विरेन्द्र चन्द ४ ओभरमा १ सहित १३ रन,कप्तान नरेश चन्द ३.५ ओभरमा १९ रन तथा किरन कार्कीले ५ ओभरमा १९ रन खर्चंदै समान १/१ विकेट लिन सफल भएपनि आफ्नो टिमलाइ भने जित दिलाउन सकेनन्।

३ खेलको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेल कैलाली जिल्ला क्रीकेट क्लवले ७ विकेटले जित्न सफल भएको छ।खेलको म्यान अफ दी म्याच कैलाली जिल्ला क्रीकेट क्लवका राजन सिंह घोषित हुन सफल भए।

चटकपुर स्पोर्टस क्लव नेपाल र कैलाली जिल्ला क्रीकेट क्लव बीचको ३ खेलको एकदिवसीय सिरिज अन्तर्गतको दोश्रो एकदिवसीय खेल पर्सि माघ २० गते धनगढीको फाप्ला क्रीकेट मैदानमै हुने प्रतियोगिता संयोजक दिपक रावल ज्यूले बताउनुभयो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]