नेपाल क्रीकेट संघको आयोजना तथा ललितपुर उपमहानगरपालिकाको संरक्षणमा यहि फाल्गुन १० गतेदेखि काठमाडौको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा सुरु हुने दोश्रो ललितपुर मेयर महिला राष्ट्रिय क्रीकेट प्रतियोगिता-२०७८ मा सहभागी हुने यस सुदुरपश्चिम प्रदेशको महिला टोलिको घोषणा गरिएको छ जसमा टिम कप्तानको जिम्मेवारी सिनियर खेलाडी रितु कनोजियालाइ दिइएको सिनियर प्रशिक्षक दिपेन्द्रबहादुर चन्द ज्यूले जानकारी गराउनुभयो।टोलिमा रहेका अन्य खेलाडीको नाम तपसिल बमोजिम उल्लेख गरिएको छ।
रितु कनोजिया(कप्तान),रुवि पोदार(विकेटकिपर),लक्ष्मी साउँद,शोभा रोकाया,कविता कुँवर,इश्वरी बिष्ट,सम्झना खड्का,भावना जोशी,संगिता मौनी,डलि भट्ट,विन्दु रावल,कविता जोशी,रेवती धामी र दीपा जोरा रहेकी छिन।
यस सुदुरपश्चिम प्रदेशको महिला टोलिले ललितपुर मेयर कप महिला राष्ट्रिय क्रीकेट प्रतियोगितामा आफ्नो पहिलो खेल फाल्गुन १० गते ललितपुर मेयर ११ सङ्ग बिहान ०९:०० बजे खेल्नुकासाथै दोश्रो खेल नेपाल एपीएफ क्लवसङ्ग फाल्गुन ११ गते बिहान ०९:०० बजे खेल्नेछ।त्यस्तै तेश्रो खेल फाल्गुन १३ गते दिउँसो १:०० बजे प्रदेश १ सङ्ग खेल्नुका साथै आफ्नो अन्तिम खेल भने फाल्गुन १४ गते लुम्बिनी प्रदेशसङ्ग बिहान ०९:०० बजे खेल्नेछ।
ललितपुर मेयर कप महिला राष्ट्रिय क्रीकेट प्रतियोगिता-२०७८ मा सहभागी हुने सुदुरपश्चिम प्रदेशको महिला क्रीकेट टोलिलाइ आज एक समारोहबीच सुदुरपश्चिम प्रादेशिक क्रीकेट संघले विदाइ गर्ने कार्यक्रम तय गरिएको उक्त संघका कोषाध्यक्ष दिनेशबहादुर सिंह ज्यूले बताउनुभयो।
