Nepal T20 : वेस्टइन्डिजका विलियम्स जनकपुरमा आवद्ध

२०७९ पुष ३, आईतवार १६:१५

वेस्टइन्डिज राष्ट्रिय क्रिकेटर केजरिक विलियम्सले नेपाल टि-ट्वान्टी लिग खेल्ने भएका छन्।

सोमपाल कामि कप्तानीको टिम जनकपुर रोयल्सले दोश्रो विदेशी खेलाडीको रुपमा वेस्टइन्डिजका दायाँ हाते फास्ट बलरलाई भित्र्याएको हो। यस अघि रोयल्सले अर्का वेस्टइन्डिज क्रिकेटर चाडविक वाल्टनलाई भित्र्याइसकेको छ।

३२ वर्षीय विलियम्सले वेस्टइन्डिजको लागि ८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र २६ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन्। एकदिवसीयमा ८ खेलमा ९ विकेट तथा २६ टि-ट्वान्टीमा उनले ४१ विकेट लिएका छन्। सन् २०१६ मा पाकिस्तान विरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रिय तथा २०१७ मा भारत विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका उनले अन्तिम पटक २ वर्ष अघि वेस्टइन्डिज विरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए।

यस अघि ड्राफ्टमार्फत छनोट गरेका खेलाडीहरु लिगको नयाँ मितिमा उपलब्ध उपलब्ध नहुने हुनाले नेपाल टि-२० लिगका टिमहरुले प्रतिस्थापनमा खेलाडीहरु घोषणा गरिरहेको हो।

सोमपाल कामि मार्की खेलाडी रहेको जनकपुरले यस अघि राष्ट्रिय टिमका पूर्व प्रशिक्षक उमेश पटवाललाई नियूक्त गरिसकेको छ।

टिममा राष्ट्रिय क्रिकेटरहरु सन्दिप जोरा, आदील आलम, ललित राजवंशी, सुशन भारि, सागर पुन, पवन सर्राफ, दिलिप नाथ, जितेन्द्र मुखिया र राजेश पुलामी आवद्ध छन्।

जनकपुर रोयल्स टिम : सन्दिप जोरा, आदील आलम, ललित राजवंशी, सुशन भारि, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया र राजेश पुलामी, दिलिप नाथ, खडक बोहरा, चाडविक वाल्टन, केजरिक विलियम्स

सम्बन्धित : 

Nepal T20 : लुम्बिनीको प्रशिक्षकमा इंग्ल्यान्डका ट्रेगो

Nepal T20 : विराटनगरले भित्र्यायो पाकिस्तानी क्रिकेटर

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy